‘जय श्री दाम’ फष्टलुकमा हराईन जेबिका


काठमाडौं । नायिका जेबिका कार्कीलाई लुकाइँदै फिल्म ‘जय श्री दाम’को फष्टलुक सार्वजनिक गरिएको छ । फष्टलुकमा मुख्य अभिनेतात्रय अमृत ढुङ्गाना, विनोद न्यौपाने र राजन खवितडामात्र देखिएका छन् । फष्टलुकमा राजन खतिवडा पण्डितको भेषमा प्रस्तुत हुँदा अमृत र विनोदले गमलालाई नमस्ते गरेको अवस्थामा देखिन्छन् । पोस्टरको ब्याकग्राउण्डमा नेपाली रुपैयाँको ’नमुना’ जोडिएको छ ।

मंकी टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्मलाई विप्लव उप्रेतीले निर्देशन गरेका छन् । फिल्म शिक्षा अध्ययन गरिरहेका उप्रेतीको यो ठुलोपर्दाको डेब्यू निर्देशकिय फिल्म हो । फिल्मको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह– निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य छन् ।

निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको फिल्ममा मित्र डि गुरुङको सम्पादन, रविन आचार्यको डिओपी, नवराज उप्रेतीको छायांकन र सुशान्त गौतमको संगीत छ । फिल्ममा अमृत ढुंगाना, राजन खतिवडा, जेबिका कार्की, विनोद न्यौपानेसँगै प्रमोद अग्रहरी र विष्णु सापकोटाको पनि अभिनय छ । फिल्म पौष २० मा रिलिज हुनेछ ।

SUBSCRIBE 👉