गरिमालाई सिउँदो सजाउने रहर


Garima-Panta

ग्ल्यामर नेपाल, काठमाडौं । अहिले मौसम छ विवाहको । त्यसैले त नेपाली फिल्म क्षेत्रका कलाकारहरु धमाधम वैवाहिक जीवनमा बाँधिदैछन्। महानायक राजेश हमाल, नायक श्रीकृष्ण श्रेष्ठ, रंगकर्मी अनुप बरालले विवाह गरिसके। यही विवाहको माहौल देखेर सम्भवत नायिका गरिमा पन्तलाई पनि विवाह गर्ने रहर जागेको छ। त्यसै कारण उनी भन्दैछिन्, ‘मलाई पनि रहर छ कसैको नामको सिन्दुरले सिउँदो सजाउने।’ तर उनको रहर कसले पुरा गर्ने हो, त्यो भने भदौ ६ गतेसम्म कुर्नै पर्ने हुन्छ।

नायिका गरिमालाई सिउँदो सजाउने रहर भने वास्तविक लागेको होईन। एभरेष्ट कला यात्रा फिल्मस् प्रा.लि.को व्यानरमा एभरेष्ट सूर्य बोहोराले निर्देशन गरेको फिल्म ‘ठूली’मा गरिमाले सिउँदो सजाउने कुरा गरेकी हुन्। फिल्मको हालै सार्वजनिक नयाँ ट्रेलरमा गरिमालाई एक्सन दृश्यमा पनि देख्न पाइन्छ।

सुनिल बस्नेत कार्यकारी निर्माता र पुष्कर पन्त निर्माता रहेको फिल्ममा गरिमा, जीवन लुँइटेल, रिजु श्रेष्ठ, एभरेष्ट सूर्य बोहोरालगायतको अभिनय रहेको छ। फिल्ममा एभरेष्ट सूर्य बोहोराको गीत, बसन्त सापकोटाको संगीत, मित्र देव लामाको सम्पादन, सुरेन्द्र शाहको द्वन्द्व र शेरबहादर लामाको छायांकन रहेको छ।

thooli-trailer-image

SUBSCRIBE 👉