करुणा भुजेल श्रेष्ठले जितिन् “क्यापिटल क्वीन नेपाल २०२५” को उपाधि, अब लन्डनमा नेपालको प्रतिनिधित्व गर्ने

फेसन डिजाइनर करुणा भुजेल श्रेष्ठ “क्यापिटल क्वीन नेपाल २०२५” घोषित। बेस्ट ड्रेस र फोटोजेनिक जित्दै, अब लन्डनमा नेपाललाई फेसन अवार्डमा प्रतिनिधित्व गर्ने।


फेसन डिजाइनर करुणा भुजेल श्रेष्ठले “क्यापिटल क्वीन नेपाल २०२५” को टाईटल उपाधि जितेकी छिन्। ललितपुरस्थित ज्यापु प्रज्ञा प्रतिष्ठानमा आयोजित ग्रान्ड फिनालेमा उनले उत्कृष्ट प्रस्तुति दिदै उपाधि जितेकी हुन्। करुणाले बेस्ट फोटोजेनिक र बेस्ट ड्रेस अवार्ड समेत जित्दै सबैभन्दा चर्चित प्रतिस्पर्धी बन्न सफल भइन्।

उपाधिसँगै करुणाले लन्डनमा आयोजना हुने “नेपाल फेसन एन्ड इन्टरटेन्मेन्ट अवार्ड्स २०२६”मा सहभागिता जनाउने अवसर पाएकी छिन्।

प्रतियोगिता हिमालय मुभिज प्रोडक्सन हाउसको आयोजनामा सम्पन्न भएको हो, जसको निर्देशन र कोरियोग्राफी हिमानी सुब्बाले गरेकी थिइन्।

अन्य प्रमुख विजेताहरूमा अनिता लामाले फर्स्ट रनरअपको उपाधि संगै मोस्ट स्मार्ट उपाधि पनि हासिल गरिन भने सिता राईले सेकेन्ड रनरअप उपाधि र मोस्ट डिलिजेन्ट उपाधि हासिल गरिन।

अन्य उपाधिहरू:
रञ्जना सिंह – बेस्ट ट्यालेन्ट र बेस्ट मल्टिमिडिया
माया तामाङ – बेस्ट पर्सनालिटी
मन्दिरा श्रेष्ठ – मोस्ट डायनामिक
मीना श्रेष्ठ – मोस्ट डिलाइटफुल
दिना राई – मोस्ट डिसेन्ट
अञ्जना राई – मोस्ट एक्टिभ
सञ्चिता खत्री – मोस्ट चार्मिङ र पब्लिक च्वाइस भिडियो
सजिना तामाङ – मोस्ट प्यासनटे
गिता राजबंशी – मोस्ट डेडिकेटेड
सिताश्री बस्नेत – मोस्ट ग्रेसफुल र मोस्ट पपुलर

प्रतियोगितामा सुष्मा अधिकारी (अभिनेत्री/मोडल), फेसन डिजाइनर सुकनिता चौलागाईं, मिस्टर ह्यान्डसम नेपाल २०१९ अभिषेक खड्का, क्यापिटल क्वीन नेपाल २०१६ लिला राई र मिसेस डिभा नेपाल २०२५ संगीता अधिकारी निर्णायक मण्डलको रुपमा उपस्थित थिए। कार्यक्रमको संचालन मिडिया पर्सन तथा फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए।

SUBSCRIBE 👉