स्क्रिन सेयर गर्दै निखिल उप्रेती र वर्षा शिवाकोटी

नायक निखिल उप्रेती र नायिका वर्षा शिवाकोटी एकै स्क्रिनमा देखिने भएका छन्। निर्माण हुन लागेको फिल्म ‘कस्तुरी’ मा यो जोडी अनुबन्धित भएका हुन्।


kasturi film title poster

kasturi film title poster

विभिन्न उद्योग व्यवसाय सञ्चालन गर्दै कर्पोरेट क्षेत्रमा आफ्नो पहिचान बनाएका धिरज अग्रवालले अब मनोरञ्जन क्षेत्रमा पाइला चालेका छन्। उनी निर्माताको रूपमा टेन इन्टरटेनमेन्ट प्रा.लि. ब्यानरबाट फिल्म निर्माण गर्न लागेका छन्। फिल्म प्रडक्सन टिमले निर्माणाधीन फिल्म ‘कस्तुरी’ को शिर्षक पोस्टर रिलिज गर्दै निर्माणको औपचारिक घोषणा गरेको हो।

फिल्ममा निखिल उप्रेती र वर्षा शिवाकोटी मुख्य भूमिकामा रहने छ। यो फिल्म मार्फत निखिल र वर्षाले पहिलो पटक स्क्रिन सेयर गर्ने भएका छन्। निखिल र वर्षा संगै फिल्ममा निशा अधिकारी, ब्रजेश खनाल, शेखर चापागाईं र निर्मल शर्माले पनि अभिनय गर्नेछन्। अन्य कलाकार र प्राविधिक टोलीको छनोट जारी छ।

ऋत बोहोराको कथा र निर्देशन रहने यो फिल्म सस्पेन्स थ्रिलर जनरामा निर्माण हुन लागेको हो। उनका अनुसार यस फिल्ममा रहस्य, डर र उत्सुकता मिसिएको कथा प्रस्तुत गरिने छ। फिल्मले मनोवैज्ञानिक तनाव, हत्या, अपहरण र षड्यन्त्रजस्ता विषय पनि समेट्ने निर्देशक बोहोराको भनाई छ। फिल्मको प्रमुख सह–निर्देशन ललित बिष्टले गर्दैछन्।

फिल्मको कथा ब्रजेश खनालले लेखेका हुन्। फिल्मको सह–निर्मातामा अञ्जली चौधरी रहेकी छन्। छायांकन आलोक शुक्लाले गर्नेछन्।

फिल्ममा संगीत प्रशान्त शिवाकोटीले गर्नेछन् भने गीत लेखन युवराज काफ्लेको हुने छ। फिल्मको प्रचार प्रसार डिजाइन ट्राइडेन्टले गर्नेछ भने निर्माण व्यवस्थापक दिलीप पन्त रहेका छन्।

फिल्म प्रडक्सन टिम अनुसार ‘कस्तुरी’को छायांकन आउँदो मंसिरदेखि काठमाडौं र आसपासका क्षेत्रमा सुरु हुनेछ।

हेर्नुहोस् : नायिका वर्षा शिवाकोटीको ग्ल्यामर फोटो ग्यालरी

SUBSCRIBE 👉