दयाहाङ र प्रकाशको पहिलो सहकार्य चलचित्र ‘मिरमिरे’को दुई पोस्टर सार्वजनिक

दयाहाङ राई र प्रकाश सपूतको पहिलो सहकार्य रहेको चलचित्र ‘मिरमिरे’को दुई पोस्टर सार्बजनिक गरिएको छ। निर्देशक यम शेर्पाको निर्माणाधीन यो चलचित्र माघ १ गते रिलिज हुने तयारीमा छ।


निर्देशक यम शेर्पाको निर्माणाधीन चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक भएका छन्। यार्सा फिल्म्सको प्रस्तुति ‘मिरमिरे’को मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु ले अभिनय गरेका छन्। निर्देशन सँगै चलचित्रको कथा पनि यम स्वयंले लेखेका हुन्।

सार्बजनिक पोस्टरमा चलचित्रका कलाकारहरु दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङ्लेखु र शाइसा गौचन देखिएका छन्।

दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो भने यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गरेका हुन्। यसअघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’मा पनि दयाहाङ मुख्य भूमिकामा थिए।

चलचित्रमा दयाहाङ, प्रकाश र सिर्जना संगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतजा कलाकारहरुले पनि अभिनय गरेका छन्। बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पाको संयुक्त लगानी रहेको यो चलचित्रको सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन्। चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन्। ‘मिरमिरे’ माघ १ गते रिलिज हुँदैछ।

SUBSCRIBE 👉