‘जूबा’को छायांकन सुरु, मुख्य भूमिकामा सौगात मल्ल साथमा सोफी धरेल

‘जूबा’ फिल्मको छायांकन सुरु भएको छ। सौगात मल्ल मुख्य भूमिकामा रहेको फिल्म सर्लाही, काठमाडौं र राजस्थानमा खिचिनेछ।


नेपाली फिल्म ‘जूबा’ औपचारिक रूपमा फ्लोरमा गएको छ। Astra Films को प्रस्तुतिमा बन्ने यस फिल्मको छायांकन सर्लाहीबाट सुरु गरिएको हो। बुधबार शुभमुहूर्त गर्दै सुरु गरिएको सुटिङ प्रारम्भिक रूपमा ७ दिन सर्लाहीमा खिचिनेछ। समग्रमा फिल्मको ७५ दिनको छायांकन तालिका राखिएको छ, जसअनुसार काठमाडौं सँगै भारतको राजस्थानमा पनि सुटिङ गरिनेछ।

फिल्ममा Saugat Malla मुख्य भूमिकामा छन्। लेखन तथा निर्देशन Prakash Karna ले गरेका छन् भने स्क्रिनप्ले तथा कथा Barsha Paudel ले तयार पारेकी हुन्। दुवैजना क्रिएटिभ प्रोड्युसरका रूपमा पनि जोडिएका छन्।

फिल्ममार्फत Sophie Dharel नायिकाको रूपमा डेब्यु गर्दैछिन्। साथै Sudhan Pokharel पनि मुख्य भूमिकामा छन्।

यसअघि सार्वजनिक तीन क्यारेक्टर पोस्टरले फिल्मप्रति चासो बढाइसकेको छ। एउटा पोस्टरमा सौगात मल्ल क्यामेरा अगाडि ‘नमस्ते’ गर्दै देखिएका थिए भने अर्कोमा उनी पुरानो पिसिओबाट फोन गर्दै देखिन्छन्, जसले फिल्मको कथा दुई दशकअघिको समयरेखामा आधारित हुनसक्ने संकेत गर्छ।

तेस्रो पोस्टरमा सुधन पोखरेल सिगार तान्दै खलपात्रको लुक्समा देखिएका छन्, जसले फिल्ममा बलियो विरोधाभास र द्वन्द्व हुने अनुमान गर्न सकिन्छ।

Rock Castle Studio को निर्माणमा बन्ने ‘जूबा’को कथा, अन्य कलाकार र विस्तृत जानकारी भने निर्माण टिमले हालसम्म गोप्य राखेको छ।

लोकेसन, क्यारेक्टर र प्रस्तुति हेर्दा ‘जूबा’ नेपाली फिल्म बजारमा फरक स्वाद र सिनेम्याटिक अनुभव दिने प्रोजेक्टका रूपमा अघि बढिरहेको देखिन्छ।


यो पनि पढ्नुहोस्:
निता ढुंगानाको ‘पार्वर्ती’ सुटिङ सकियो, भदौ १२ मा रिलिज तयारी


SUBSCRIBE 👉