
Director Chandra Panta and Actor Sabin Shrestha
चन्द्र पन्तको निर्देशिनमा निर्माण हुन लागेको फिल्म ‘आ बाट आमा २’ को कास्ट लाइनअप विस्तार हुँदै गएको छ। अब यस फिल्ममा अभिनेता सबिन श्रेष्ठ पनि मुख्य भूमिकामा अनुबन्धित भएका छन्।
यसअघि नै पल शाह, विपना थापा र आकाश श्रेष्ठ फिल्ममा जोडिइसकेका छन्। केही दिनअघि निर्माण टिमले पाटनको बंगलामुखी मन्दिरमा शुभमुहूर्त गर्दै फिल्मको औपचारिक सुरुवात गरिसकेको छ।
गत वर्ष रिलिज भएको ‘आ बाट आमा’ सफल भएपछि यसको सिक्वेलप्रति दर्शकको अपेक्षा उच्च छ। ‘Aa Bata Aama 2’मा पल शाह, विपना थापा, प्रदीप रावत, आकाश श्रेष्ठ, सबिन श्रेष्ठ, गजित बिष्ट र नरेन खड्का लगायत कलाकार देखिनेछन्।
तर फिल्मकी मुख्य अभिनेत्री को हुने भन्ने विषय अझै गोप्य राखिएको छ। निर्माण टिमले अहिलेसम्म हिरोइनको नाम सार्वजनिक गरेको छैन, जसले दर्शकमाझ झन् चासो बढाएको छ।
दसैं रिलिज लक्ष्य राखिएको यो फिल्म केही साताभित्रै छायांकनमा जाने तयारीमा छ। कथा र पटकथा निर्देशक चन्द्र पन्तकै रहनेछ। फिल्म आर्या इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुँदैछ, वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ।
यो पनि पढ्नुहोस्: ‘ आ बाट आमा २’ शुभमुहूर्त सँगै सुरु, पल शाह पुनः मुख्य भूमिकामा
