दर्शकले मन पराएको जोडी ‘मितज्यू’मा दयाहाङ र सौगातको द्वन्द्व

‘मितज्यू’ फिल्ममा दयाहाङ राई र सौगात मल्ल फेरि सँगै देखिँदैछन्। जेठ ८ मा रिलिज हुने फिल्ममा द्वन्द्व र नोकझोकको कथा प्रस्तुत गरिएको छ।


Saugat Malla and Dayahang Rai

नेपाली फिल्म ‘मितज्यू’ जेठ ८ गतेबाट प्रदर्शनमा आउँदैछ। फिल्मको सबैभन्दा ठूलो आकर्षण भनेको दयाहाङ राई र सौगात मल्लको जोडी हो, जसलाई दर्शकले सधैं मन पराएका छन्।

यी दुई कलाकार केवल पर्दामा मात्र होइन, वास्तविक जीवनमा पनि दर्शकमाझ लोकप्रिय छन्। ‘लुट’बाट सुरु भएको उनीहरूको सहकार्य ‘कबड्डी’ जस्ता सफल फिल्ममा देखिएको थियो। अब ‘मितज्यू’मा उनीहरू फेरि एकपटक सँगै देखिँदैछन्।

यस फिल्ममा दयाहाङ र सौगातबीच नोकझोक र द्वन्द्व देखिन्छ। पोस्टर र टिजरमा पनि उनीहरू आमनेसामने देखिन्छन्सँ, संगै बस्ने तर मिल्न नसक्ने सम्बन्धको कथा प्रस्तुत गरिएको छ।

दर्शकले यसअघि पनि यी दुई कलाकारलाई टकरावमा देख्न मन पराएका छन्। त्यसैले ‘मितज्यू’मा पनि उनीहरूको यही केमिस्ट्री काम गर्नेमा निर्माण टिम विश्वस्त छ।

निर्माता जनक घर्ती मगरका अनुसार फिल्मको द्वन्द्व र पात्रहरूको प्रस्तुति दर्शकलाई मन पर्नेछ। उनले भने, “यो फिल्म दयाहाङ र सौगातको यादगार प्रोजेक्ट बन्नेछ।”

अनिल बुढा मगरको निर्देशनमा बनेको यस फिल्ममा तेरिया फौजा मगर, पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा लगायत कलाकारको पनि अभिनय रहेको छ। तेरियाको यो डेब्यु फिल्म हो, जसले थप चासो बढाएको छ।


यो पनि पढ्नुहोस्: वर्षा र विजय अभिनित ‘मालती मंगले’ले पायो युनिभर्सल सर्टिफिकेट


SUBSCRIBE 👉