बलिउड गायक कैलाश खेरको आवाजमा नेपाली फिल्म ‘I Am Jit Bahadaur’ को गीत

अभिनेता जितु नेपाल निर्मित चलचित्र ‘I Am Jit Bahadur’ को पहिलो गीत सार्वजनिक गरिएको छ। गीतमा चर्चित भारतीय गायक कैलाश खेरको स्वर रहेको छ।


Jitu Nepal & Priyanka Karki from the movie – I am Jit Bahadur

अभिनेता जितु नेपालद्वारा निर्माण गरिएको नेपाली चलचित्र ‘आइ एम जीत बहादुर’ I am Jit Bahadur को पहिलो गीत सार्वजनिक गरिएको छ। युट्युबमार्फत रिलिज गरिएको फिल्मको शीर्ष गीतमा चर्चित भारतीय गायक कैलाश खेरको स्वर सुन्न सकिन्छ।

बलिउडका थुप्रै चर्चित र बिग बजेट फिल्ममा स्वर दिइसकेका कैलाश खेरले नेपाली सिनेमा ‘आइ एम जीत बहादुर’मा गाएको गीतले धेरै नेपाली दर्शक तथा संगीतप्रेमीको मन जित्ने विश्वास निर्माण टिमको छ।

सार्वजनिक गीतमा राज सिंह सिधु र जितु नेपालको शब्द रहेको छ भने संगीत बव एसएनले तयार गरेका हुन्। गीतमा संघर्ष, सपना र जीवन यात्राको भावनात्मक पक्षलाई प्रस्तुत गरिएको छ।


‘आइ एम जीत बहादुर’को पहिलो गीत – भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्


भारतीय निर्देशक सुभेन्दु घोषको निर्देशनमा बनेको ‘आइ एम जीत बहादुर’ले गाउँबाट शहर आएर कलाकार बन्न संघर्ष गर्ने एक युवाको कथा देखाउनेछ। फिल्ममा जितु नेपाल मुख्य भूमिकामा छन् भने उनकी जोडीका रूपमा अभिनेत्री वर्षा राउत देखिएकी छन्।

यसअघि सार्वजनिक गरिएको फिल्मको टिजर (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ) ले युट्युबमा राम्रो प्रतिक्रिया पाएको थियो। फिल्ममा प्रियंका कार्की, सन्दीप क्षेत्री, देशभक्त खनाल, पवन खतिवडा ‘बाबा’ र बाल कलाकार साहरा शर्मालगायत कलाकारको अभिनय रहेको छ।

कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माताको रूपमा रहेका छन्।

भारतीय सिनेमाटोग्राफर अरविन्दले छायांकन गरेको फिल्मको पोस्ट–प्रोडक्सन कार्य भारतमै सम्पन्न गरिएको निर्माण टिमले जनाएको छ। फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरिसकेको छ।

तीन दशकभन्दा लामो कलाकारिता यात्रामा रहेका जितु नेपालले यस फिल्मलाई आफ्नो विशेष प्रोजेक्टका रूपमा प्रस्तुत गरेका छन्। चलचित्र आगामी असार ५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।


यो पनि पढ्नुहोस् : ‘मितज्यू’ ट्रेलरमा दया–सौगातको गज्जब केमेस्ट्री, तेरिया मगरको दमदार डेब्यु


SUBSCRIBE 👉