
Aana Gurung Crowned Winner of Next Face Pageant
सिल्भर स्टार इन्टरटेनमेन्टको आयोजनामा सम्पन्न नेक्स्ट फेस पेजेन्ट राष्ट्रिय नाचघर, जमलमा सफलतापूर्वक सम्पन्न भएको छ। युवा प्रतिभा, फेसन आत्मविश्वास, व्यक्तित्व र स्टेज प्रस्तुतिलाई केन्द्रमा राखिएको कार्यक्रममा सहभागी प्रतियोगीहरूले आफ्नो शैली, आत्मविश्वास र प्रस्तुति क्षमता देखाएका थिए।
नेक्स्ट फेस क्याटेगोरीमा आना गुरुङ विजेता बनिन्। निरन्तर राम्रो प्रदर्शन, आत्मविश्वास, सौन्दर्यपूर्ण प्रस्तुति र स्टेज अपिलका कारण उनले शीर्ष उपाधि जित्न सफल भइन्। आनाले मुख्य उपाधिसँगै फेसन आइकन अवार्ड पनि प्राप्त गरिन्। यस उपलब्धिले उनलाई प्रतियोगिताको प्रमुख आकर्षणमध्ये एक बनायो।

Aana Gurung was crowned Next Face Pageant Winner, while Passang Gole secured the First Runner-Up title
पासाङ गोले फर्स्ट रनरअप बने। उनले फिटनेस, प्रस्तुति र स्टेज अपिलका आधारमा बेस्ट फिजिक अवार्ड पनि जिते। अन्य विशेष अवार्डतर्फ कुसुम तामाङले बेस्ट वल्क अवार्ड र बेस्ट ड्रेस अवार्ड दुवै प्राप्त गरिन्। उनको रनवे प्रस्तुति र फेसन सेन्सले निर्णायकको ध्यान खिचेको थियो।
हर्षित जमकटेल मोस्ट इन्टरटेनिङ र मोस्ट कन्फिडेन्ट उपाधिबाट सम्मानित भए। त्यस्तै, सर्मिला गोतामेले आकर्षक र परिष्कृत प्रस्तुतिका लागि मिस ग्ल्यामरस उपाधि प्राप्त गरिन्।
कार्यक्रमको आयोजना, व्यवस्थापन तथा कोरियोग्राफी सानिस शाक्यले गरेका थिए। ग्राण्ड फिनाले सञ्चालन फेसन कोरियोग्राफर तथा मिडिया पर्सनालिटी रोजिन शाक्यले गरेका थिए।
यो पनि पढ्नुहोस्: मिस नेपाल २०२६ को दौड रोचक बन्दै, अडिसनमा ७८ प्रतिस्पर्धी, पाँच निर्णायक घोषणा
