
बहुप्रतिक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको दमदार एक्सन लुक सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा कसिलो तथा मांसपेशीयुक्त शरीरसहित आक्रामक एक्सन अवतारमा देखिएका समीरले चलचित्रमा आफ्नो भूमिका कति शक्तिशाली हुने हो भन्ने संकेत दिएका छन्।
बिराज भट्ट फिल्म प्रोडक्सन (प्रा.) लिमिटेडको प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई बिराज भट्टले निर्देशन गरेका हुन्। सरस्वती भट्ट निर्मात्री रहेको फिल्ममा समीर भट्टसँगै बिराज भट्ट, अनुप विक्रम शाही, प्रकाश शाह, सुनील पोखरेल, कलु राना, खुसी कार्की, पुष्कर भट्टा, राज हमाल, प्रजल दुलाल, कमल देवकोटा, साहित सिंह ठकुरी, अर्जुन आचार्य, शिवा सिंह, नेहा आर शाह, पूर्णा बहादुर गन्धर्व र सुदिर श्रेष्ठलगायत कलाकारको अभिनय छ।
यसै चलचित्रमार्फत कृशु शाही (काफिया) र वर्षा ईटनीले नयाँ कलाकारका रूपमा फिल्म क्षेत्रमा डेब्यु गर्दैछन्।
चलचित्रको कथा सन्तोष सरकारले लेखेका हुन् भने छायांकन महेश पौडेलले गरेका छन्। मुख्य सहायक निर्देशकमा योगेन्द्र सिंह र चन्द्र प्रसाद भट्टराई छन्। प्रोडक्सन हेड प्रणव सुबेधी तथा प्रोडक्सन म्यानेजर भिम पौडेल र रमेश खड्का रहेका छन्।
फिल्मको ड्रेस डिजाइन ज्योती केशी, मेकअप डिके हमाल र हेयर डिजाइन मेघा शाहीले गरेका छन्। संगीततर्फ युग भुसाल र डिपी खनालको संगीत रहेको छ भने सुगम पोख्रेल, निशान भट्टराई, समिक्षा अधिकारी, प्रेरणा सिंह र किरण भुजेलले स्वर दिएका छन्। म्युजिक कम्पोजर देबेन्द्र बराल हुन्।
ब्याकग्राउन्ड म्युजिक काला चरण र साउन्ड डिजाइन यम गुता गुरप्पाले गरेका छन्। चलचित्रको सम्पादन बान्दे प्रसाद तथा सह-सम्पादन उमेश थापाले गरेका छन्। सिनेम्याटिक ग्राफी राम केसी र राजु लामाले सम्हालेका छन्।
रामजी लामा र सियोन श्रेष्ठको नृत्य निर्देशन रहेको फिल्मको द्वन्द्व तथा एक्सन निर्देशन स्टन्ट सिल्भा र शंकर महर्जनले गरेका हुन्। टिजर सन्देश शाहले तयार पारेका छन् भने आर्टमा अक्की थेक्पा र राजेश लेप्चा रहेका छन्। कलर प्रकाश रुद्र र पोस्टर डिजाइन आइडियल डिजाइनरको रहेको छ। सहायक निर्देशक तथा क्ल्यापमा विनिसा सेवा रहेकी छिन्।
काफिया फिल्म्स र कुबेर सिनेमाले वितरण गर्ने ‘१२ गाउँ २’ को डिजिटल पार्टनर आरटी इन्टरटेन्मेन्ट (RT Entertainment) हो भने डबिङ ग्लोबल रिल मोसन पिक्चर्सले गरेको छ।
चलचित्र आगामी असोज ३० गते अर्थात् अक्टोबर १६ मा दशैंको फूलपातीको अवसर पारेर देशभरका सिनेमाघरमा प्रदर्शनमा आउनेछ।

