एक्सन किङको ‘लै बरी लै’, सजिना श्रेष्ठ सँग रोमान्टिक देखिए निखिल उप्रेती

एक्सन स्टार निखिल उप्रेती फिल्म ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’मा सजिना श्रेष्ठसँग रोमान्टिक अवतारमा देखिएका छन्। फिल्म असोज ९ गते प्रदर्शनमा आउँदैछ।

Nepali Movie Acharya: Nikhil Upreti and Sajeena Shrestha in Romantic Mood

एक्सन र जोखिमपूर्ण स्टन्टका कारण दर्शकमाझ छुट्टै पहिचान बनाएका अभिनेता निखिल उप्रेती यसपटक रोमान्टिक अवतारमा देखिएका छन्। उनको निर्देशनमा बनेको नेपाली फिल्म ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ, जसको भिडियोमा निखिलसँगै मोडल सजिना श्रेष्ठ फिचर्ड छिन्।

रोमान्टिक शैलीमा तयार पारिएको गीतमा गौराङ्गा शेखर शर्मा र ज्योत्सना जावडाको स्वर छ। युग भुसालले गीतको शब्द तथा संगीत तयार पारेका हुन्। एक्सन अवतारमा बढी परिचित निखिललाई गीतले फरक मुडमा प्रस्तुत गरेको छ भने सजिनासँगको नृत्य र अनस्क्रिन केमेस्ट्री भिडियोको मुख्य आकर्षण बनेको छ।

गीतको कोरियोग्राफी किरण थापाले गरेका छन्। पुनम श्रेष्ठ र उपासना शाक्य सहायक कोरियोग्राफर छन् भने डान्सर टिमको नेतृत्व देवराज सापकोटाले गरेका छन्। गीतलाई सौरभ लामाले छायांकन गरेका हुन्।

भिडियोको दृश्यात्मक प्रस्तुतिमा कस्ट्युम, स्टाइलिङ र नृत्यलाई विशेष महत्व दिइएको छ। रिजुन प्रधानले स्टाइलिस्ट तथा कस्ट्युम डिजाइनरका रूपमा काम गरेका छन् भने कलाकारहरूको मेकअप तथा हेयर सुवास तिमल्सिनाले सम्हालेका छन्।

‘आचार्य’मा निखिल उप्रेतीसँगै पूर्णिका सिजापति, प्रमोद अग्रहरि, रघु बाबू, रघु करुमन्ची, दीपराज राणा, रोहित चौधरी, ध्रुव कोइरालालगायत कलाकारको अभिनय छ। दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्ची तथा भारतीय कलाकार दीपराज राणा र रोहित चौधरीको उपस्थितिले फिल्मको कलाकार टोलीलाई थप फराकिलो बनाएको छ। पूर्णिका सिजापति यही फिल्मबाट अभिनेत्रीका रूपमा डेब्यु गर्दैछिन्।

निखिल उप्रेती प्रोडक्सन प्रालिको ब्यानरमा बनेको फिल्मका लेखक तथा निर्देशक निखिल उप्रेती हुन् भने निर्माता कृष्ण भट्टराई हुन्। फिल्मको छायांकन सौरभ लामा, मनु विक र नवराज कृष्ण थापाले गरेका छन्। शुक्रराज शाहको एक्सन निर्देशन रहेको फिल्मलाई बन्दे प्रसादले सम्पादन गरेका हुन्।

यो पनि हेर्नुहोस्:


👉 फर्स्ट लुक भिडियो मा एस्तो देखियो आचार्य


👉 एक्शन प्याक आचार्य टिजर

SUBSCRIBE 👉