अमिताभ र सञ्जयलाई सम्मान


बलिउडका महानायक अमिताभ बच्चनलाई सोमबार पद्यम विभूषण र निर्माता तथा निर्देशक सञ्जय लीला भन्सालीलाई पद्यम श्री पुरस्कारबाट सम्मान गरिएको छ । राष्ट्रपति निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति प्रणब मुखर्जीले दुवै जनालाई पुरस्कार दिएका हुन् ।

Amitabh-Sanjayअमिताभले १९६९ मा फिल्म ‘सात हिन्दुस्तानी’बाट आफ्नो करियर शुरु गरेका थिए भने उनी अभिनित पछिल्लो फिल्म ‘समिताभ’ हो । उनले ‘जंजीर’, ‘अभिमान’, ‘सौदागर’, ‘रोटी, कपड़ा और मकान’, ‘दीवार’, ‘शोले’, ‘डन’, ‘लावारिस’, ‘सत्ते पे सत्ता’, ‘नमक हलाल’, ‘कूली’, ‘आक्रोश’, ‘चीनी कम’, ‘निशब्द’, ‘सरकार राज’, ‘ब्ल्याक’ र ‘पा’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन् भने उनको दुई फिल्म ‘पीकू’ र ‘वजीर’ रिलिजको तयारीमा छ ।

त्यस्तै भन्सालीले ‘हम दिल दे चुके सनम’, ‘देवदास’, ‘ब्ल्याक’, ‘सावरिया’, ‘गुजारिश’ र ‘गोलियों की रासलीला राम–लीला’ जस्ता आइकनिक फिल्म बनाएर दर्शकमाझ चर्चित बनेका छन् । भन्साली हाल ‘बाजीराव मस्तानी’ को निर्देशनमा व्यस्त छन्।

SUBSCRIBE 👉