काठमाडौं । गायक रेवत राईले नयाँ वर्षको मौका छोप्दै नयाँ गीतको भिडियो छायाँकन गराएका छन् । आफ्नो पहिलो एल्बम ‘इमर्ज’ मा रहेको ‘चार धाम घुमी आए भन्छौ’ बोलको गीतको भिडियो छायांकन गरेका हुन् ।
दिनेश डिसीले निर्देशन गरेको भिडियोको छायांकन गोठाटारको कृष्णमन्दिर, जोरपाटीको शिवमन्दिर र पशुपतिनाथस्थित गुहेश्वरीमा गरिएको थियो । भिडियोमा नायिका निता ढुंगाना र अनुप योङचारको अभिनय रहेको छ ।
विरेन्द्र राईको शब्द रहेको यो गीतमा सुरेश अधिकारीले संगीत भरेका छन् । गायक राईका अनुसार भिडियो आगामी जेठमा सार्वजनिक गरिनेछ ।
गायक राईले यसअघि ‘इमर्ज’ एल्बममै समावेश ‘लाहुेर दाई’ बोलको गीतको भिडियो सार्वजनिक गरिसकेका छन् । साउथ कोरिया र हङकङको कार्यक्रममा समेत सहभागिता जनाइसकेका उनी दोश्रो एल्बम ल्याउने तयारीमा समेत जुटेका छन् ।