दुई भाषामा काल


काठमाडौं । निर्देशक बीएस बलामीको निर्देशनमा बनेको फिल्म ‘काल’ नेपाली र हिन्दी गरी दुई भाषामा निर्माण भएको छ । बलामी फिल्म इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित फिल्मलाई नेपालसहित भारतीय बजारमा पनि प्रदर्शन गर्नका लागि दुई भाषामा फिल्म बनाइएको निर्देशक बलामीले बताए ।
Kaal Movieनिर्देशक बलामीले भातमा फिल्म तीस लाखमा विक्री भईसकेको दाबी गरे । फिल्ममा आदित्य श्रेष्ठ, ध्रुव कोईराला, सपना केसी, पुरन थापा र राजेन्द्र गौतमलगायत कलाकारले अभिनय गरेका छन् । राजेन्द्र गौतम निर्माता र मिना खड्का कार्यकारी निर्माता रहेको फिल्ममा राजेश कुमारको गीत संगीत, निशा शाहको नृत्य, देव महर्जनको द्वन्द्व र शौखिन तिमल्सिनाको सम्पादन रहेको छ ।

बलामीले यसअघि ‘जंगल क्वीन’, ‘जंगल लभ’, ‘युज’, ‘बलवान’, ‘सुट आउट’ लगायतका फिल्म निर्देशन गरिसकेका छन् । ‘काल’लाई असोजसम्म प्रदर्शनमा ल्याउने तयारी रहेको बलामीले बताए ।

SUBSCRIBE 👉