यस्ता कारणहरुले गर्दा तपाईको सम्बन्ध विच्छेद हुन सक्छ!


divorce-relation-break
एक तथ्याङक अनुसार विश्वमा ४२ प्रतिशत विवारहत सम्बन्धहरु विच्छेद हुन्छन्। ३४ प्रतिशत विवाहित जोडी त विवाहको २० वष नपुग्दै विच्छेद हुन्छन्। किन हुन्छन् त सम्बन्ध विच्छेद ? विश्वमै चर्चित सम्बन्ध परामर्शदाता एवम् सेक्स थेरापिस्ट पिटर सादिगंटनका अनुसार सम्बन्ध विच्छेद हुने ९ कारणहरु यी हुन्।

१. पर–सम्बन्ध : यदि कोहि व्यक्ति विवाहित हुँदाहुँदै पनि परसम्बन्ध राख्दै हिँड्छ भने। आफ्नो पार्टनरसँग सुमधर र लामो सम्बन्ध कायम गर्न मुस्किल हुन्छ। परसम्बन्धले आफ्नो विवाहित सम्बन्धमा विश्वाश गर्ने वातावरणको अन्त्य गरिदिन्छ। त्यसैले सम्बन्धमा इमान्दारिता नै सबैभन्दा बलियो खम्बा हो।

२.आर्थिक कमजोरी : आर्थिक स्थर कमजोर हुँदै जाँदा पनि सम्बन्ध खस्किँदै जान्छ। एक जना कमाइरहने अर्काले चाहिँ चाहिने नचाहिने कुराहरुमा पैसा उडाइरहने बानीले गर्दा सम्बन्धमा विवादहरु उत्पन्न हुँदै गइ अन्यमा सम्बन्ध नै तोडिएको थुप्रै उदाहरणहरु छन्।

३्. पूर्व–प्रेमीको हस्तक्षेप : जतिसुकै कसिलो सम्बन्धमा पनि यदि कुनै एक जनाको पूर्व–प्रेमीको हस्तक्षेप बढ्दै गएमा सम्बन्ध बिग्रदै जान्छ। साथीको नाममा पूर्व–प्रेमीसगँको हेलमेल बढाउने सम्बन्धहरुको आयु त्यति लामो नभएको एक अध्ययनले पनि देखाएको छ।

४. कामुकतामा फरक : जोडीमा बराबर यौन इच्छा हुने सम्बन्धहरु बढि टिकाउ हुन्छन्। तर, एक जना अति नै धेरै कामुक र अर्को बम कामुक भएमा सम्बन्धको सन्तुुलन बिग्रन्छ।

५.बच्चा भएकासँग सम्बन्ध : कसैले पहिले नै बच्चा भएकासँग सम्बन्ध गाँसेका हुन्छन्। यस सम्बन्धमा बच्चैका कारण उतावचढाब आइरहन्छन्। जसले जति नै भने पनि अरुका बच्चलाई आफ्नै सम्झेर व्यवहार गर्ने नसक्ने प्रवृत्तीले सम्बन्धका डोरीहरु खुकुलो बनाइदिन्छन् र अन्यमा सम्बन्ध नै विच्छेद हुने कारण बन्न पुग्दछन्।

६. अविभावकको हस्तक्षेप : कोही आफ्नो जीवन साथीलाई भन्दा अविभावकलाई बढि महत्व दिने खालका हुन्छन्। जीवन साथीसँग भन्दा आमाबाबुसँग बढि समय बिताउने बानीले वैवाहिक सम्बन्धमा असर पार्दछ। यसले जोडीबीचको घनिष्टता कम हुँदै जाने र अन्त्यमा सम्बन्ध नै विच्छेद हुने कारण बन्न पुग्दछ।

७.मुखाले बानी : कोही हरेक कुरामा तर्क र प्रतिवाद गर्ने प्रकृतिका हुन्छन्। यस्ता मान्छेका सम्बन्ध सोझा र शालिन प्रकृतिका व्यक्तिसँग गाँसिन्छ भने त्यो सम्बन्ध लामो समयसम्म टिक्नै सक्दैन। सम्बन्ध बचाउने जति नै कोसिस गर्दा पनि अन्तत यस्ता सम्बन्ध तोडिएर गएको एक अध्ययनले देखाएको छ।

८.अरुसँग बढि घनिष्टता : सामान्यतया सबैका लागि आफ्नो जीवन साथीभन्दा बढि घनिष्ट साथी अरु कोहि हुँदैन। तर, जीवन साथीलाई भन्दा अरु कोहि साथीसँग बढि घनिष्टता राख्ने बानीले सम्बन्धहरु बिगार्छन्। केहि मात्रामा ठिकै मान्न सकिएला तर, लामो समयसम्म यस्ता बानी नत्याग्ने हो भने यो नै सम्बन्ध अन्त्य गर्ने कारण बन्न पुग्दछ।

९. गोपनियता : श्रीमान–श्रीमतीविचका गोप्य कुराहरु आफ्ना नजिकका साथीहरुसँग खुलेर भन्ने बानीले सम्बन्धहरु बिग्रन्छन् । कपिय कुराहरु श्रीमान–श्रीमतीबीच मात्र सिमित राख्नुपर्ने हुन्छ। तर, अन्जानमै तेसा्र व्यक्तिहरुसँग सेयर गर्ने गर्नाले सम्बन्ध विच्छेदसम्म भएका घटनाहरु प्रशस्तै छन्।
– रातो पाटी डट कम

SUBSCRIBE 👉