भदौ ३ गते व्यापक होला जस्तो छ त! ‘वीर विक्रम’को दोस्रो ट्रेलर रिलिज


चलचित्र प्रदर्शन मिति नजिकिदै गर्दा मिलन चाम्स निर्देशित चलचित्र ‘वीर विक्रम’को प्रचार प्रसारल़ाई तिब्रता दीइएको छ। भदौ ३ गते बाट अल नेपाल प्रदर्शनमा आउन लागेको चलचित्रको दोस्रो ट्रेलर रिलिज गरिएको छ। १ मिनेट ३० सेकेन्डलामो ट्रेलरमा दयाहाङ्ग राईको भूमिकालाई प्राथमिकता दिंदै अन्य कलाकारहरुलाई पनि देखाईएको छ।

Dayahang-Rai-Bir-Bikram

दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दिया पुन, नाजिर हुसेनको मुक्य भूमिका रहेको चलचित्रले दर्शकहरुको मन जित्दै फिल्मु बजारमा राम्रो ब्यबसाय गर्ने कुरामा निर्देशक चाम्स आशावादी छन्। निकेश लिम्बुले निर्माण गरेको यो चलचित्रले हङकङ र युकेमा गरिएको प्रिमियर सो बाट राम्रो प्रतिक्रिया पाईसकेको छ।

हेर्नुहोस् ट्रेलर > बिर बिक्रम ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉