
Model Sagun Shahi
ग्ल्यामर नेपाल, काठमाडौँ। सुर्खेतमा नृत्य सिक्दासिक्दा ‘ढुवानी’ फिल्ममा हिरोइन हुने मौका पाएकी थिइन्, सगुन शाहीले। मोफसलमा रहेकी युवतीले एक्कासी ठूलो ब्यानरको फिल्म पाउनु ठूलो कुरा थियो तर फिल्म प्रदर्शनपश्चात उनको यो खुशी टिक्न सकेन। चेलिबेटी बेचविखनको समस्यामाथि बनेको यो फिल्म फ्लप भएपछि सगुनको अभियन यात्रा टिक्न सकेको छैन्। भलै लोक तथा आधुनिक गीतका भिडियोमा भने काम पाइरहेकी छिन् तर फिल्ममा उनलाई कुनै निर्माता/निर्देशकले पत्याएका छैनन्। बरु हट फोटोसुट र फिल्म क्षेत्रका विभिन्न व्यक्तिसँग नाम जोडिएका कारण उनले धेरथोर चर्चा पाइरहेकी छिन्।
यसैबीच उनले वान पिस र टु पिस लगाउने चाह व्यक्त गरेकी छिन्। एक अनलाइनसँगको कुराकानीमा सेक्सी सगुनले वान पिस लगाउन सक्ने भनाई सार्वजनिक गरेकी हुन्। सगुनले सेक्सलाई प्राकृतिक नियमभन्दै मानिसको जीवनमा आवश्यक पर्ने कुरा भएको बताएकी छिन्। फिल्ममा काम नपाएर ओझेल परेको बेला यस्तो गर्मिलो अभिव्यक्ती दिएर चर्चा कमाउने सगुनको काइदा मान्नैपर्छ। तर यस्ता सस्ता कुरामाभन्दा करिअर अगाडी बढाउनतिर उनको ध्यान कहिले जाला ? 🙂