साइन्स फिक्सन फिल्म ‘बिजुली मसिन’को कार्यक्रममा बिमल घर्ति मगर सम्मानित


नेपाली फिल्महरुको माझ सम्भवत नेपालकै पहिलो साइन्स फिक्सन फिल्म ‘बिजुली मसिन’ पनि निर्माण भएकोे छ। ‘बिजुली मेसिन’का निर्माण पक्षले फिल्मको बारेमा जानकारी दिन राजधानीमा एक कार्यक्रमको आयोजना गर्यो। निर्माण पक्षका अनुसार ‘बिजुली मेसिन’फिल्म क्षमता पहिचान गरी अहिलेको प्रविधि शिक्षामा प्रखर युवाहरुलाई राष्ट्रले पनि साथ दिन जरुरी छ भन्ने बिषयमा केन्द्रित रहेको छ।

bimal-gharti-magar-football-player

तस्विर: महेश्वर मान सिं

यसै कार्यक्रमको अवसरमा फुटबल खेलाडी बिमल घर्ति मगर, निर्देशक समाजको अध्यक्ष सुचित्रा श्रेष्ठ लगाएतलाई सम्मान पनि गरीएको थियो। कार्यक्रममा फिल्मको ट्रेलर पनि देखाईएको थियो। टिजरमा अवाज बाट पनि बिजुली निकाल्न सकिने कुरालाई प्रस्तुत गरीएको छ।

फिल्मको टिजर हेरीसकेपछि कार्यक्रमको बिशेष अतिथी तथा युवा नेता गगन थापाले पहिलो पटक नै नेपालमा साईन्स र फिक्शनमा आधारीत फिल्म निर्माण भएको बताए। साईन्स फिक्शनमा फिल्महरु निर्माण हुनु अहिलेको आवश्यकता रहेको बताउँदै फिल्मलाई सफलताको शुभकामना दिए।

तस्विर: महेश्वर मान सिं

तस्विर: महेश्वर मान सिं

रिसब आचार्य, संजीब न्यौपाने, दिपेन बस्नेत, सन्तोष लामीछानेको संयुक्त निर्माणमा यो फिल्म बनेको हो। फिल्ममा नविन अवालले लेखन तथा निर्देशन छ। निर्देशक अवालले ‘बिजुली मेसिन’ फिल्मले बिज्ञानका बिद्यार्थिहरुको मात्र नभएर सकारात्मक परिवर्तनलाई आत्मासाथ गर्दै भोलीको सुन्दर समाज निर्माण गर्न नेपाली युवाहरुको उर्जाको महत्व र आवश्यकताको कथालाई पर्दामा प्रस्तुत गर्ने बताए।

फिल्मका निर्माण पक्षका अनुसार अभिनेता राजेश हमाललाई फिल्ममा फरक गेटअपमा प्रस्तुत गरीएको छ। फिल्ममा अभिषेक सुबेदी, जीवन अधिकारी, रेलीजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भुषाल, कमलमणी नेपाल लगाएतको अभिनय रहेको छ। यो फिल्म भदौको ३१ गते बाट रीलीज हुदैछ।

SUBSCRIBE 👉