दयाहाङ्ग राई र प्रियंका कार्की अभिनित “लालटिन” टिजर रिलिज


देवकुमार श्रेष्ठ निर्देशित चलचित्र “लालटिन”को टिजर रिलिज गरिएको छ। चैत्र १८ गते रिलिज हुने चलचित्रको राजधानीमा आयोजित पत्रकार सम्मेलनमा टीजर, पोस्टर र संगीत सार्वजनिक गरिएको हो। भिलेनको रुपमा परिचित कलाकार भानु प्रतापको प्रस्तुतिमा निर्माण भएको चलचित्र को कथाले ग्याङस्टर, सुरक्षा र एक्सन प्रस्तुत गरेको छ। चलचित्र युनिटले लालटिन बालेर कार्यक्रमको थालनी गरेका थिए।

dayahang-rai-priyanka-karki

चलचित्रमा दयाहाङ राई, भानुप्रताप, प्रियंका, राज कटुवाल, अर्जुनजंग शाही, केकी अधिकारी, अर्जुन गुरुङ, शिशिर भण्डारी, मेलिना मानन्धर, जनक बर्तौला र निर्जन थापालगायतका कलाकारको अभिनय छ।

अनिम श्रेष्ठ र राज केसीको लगानी रहेको फिल्ममा मनोजराज भण्डारी र दीपक श्रेष्ठ सहनिर्माता छन्। चलचित्रमा हरि लामाको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, विनोद ढकाल, डिजराज पौडेल र किरण माइकलको संगीत छ।

priyanka-karki-super-hot

SUBSCRIBE 👉