हरिवंश आचार्यको स्वर रहेको फिल्म “जात्रा” को ‘नोट नोट’ बोलको गीत रिलिज


चलचित्र ‘जात्रा’ कालागि हाँस्य कलाकार हरिवंश आचार्यले गाएको ‘नोट नोट’ बोलको गीत युट्युब रिलिज गरिएको छ।गीतमा उनलाई गायिका शशी रावलले साथ दिएकि छिन्। गीतको शब्द पनि हरिवंश आफैले कोरेका हुन् भने संगीत रोशन थापाको छ।

haribansha-acharya-jatra

चलचित्र ‘जात्रा’ का निर्देशक प्रदिप भट्टराई विगत एक दशकभन्दा अगाडिदेखि महजोडीको सहायक निर्देशक भएर काम गरेका थिए। एकप्रकारले हरिवंश आचार्यलाई उनका निर्देशकीय गुरु मान्न सकिन्छ। तीन सामान्य व्यापारीले अनायसै पाएको करौडौं रकम कुम्ल्याउने चक्करमा चलचित्र ‘जात्रा’ को कथा अघि बढ्ने निर्देशक भट्टराईले बताएका छन्।

चलचित्र ‘जात्रा’ मा अभिनेता विपिन कार्कीका साथ रविन्द्रसिंह बानियाँ सहित अभिनेत्री बर्षा राउतले मुख्य भूमिका निर्वाह गरेका छन्।चलचित्र कात्तिक २६ गते बाट रिलिज हुँदैछ।

SUBSCRIBE 👉