नायिका वर्षा राउत, रातो चेकसर्टमा यसरि देखिँईन


अष्ट्रेलियामा अध्ययनरत सुवास जे खरेलले धमाकेदार डान्सिङ गीत बजारमा ल्याएका छन्। नायिका वर्षा राउत र चर्चित मोडेल पुष्प खड्कालाई फिचरिङ गरिएको ‘रातो चेकसर्ट…’ बोलको गीत युट्युव बाट रिलिज गरिएको छ। गीतले रातो टिसर्ट लगाउँदा देखिएको सुन्दरतालाई बयान गरेको छ। कोरियोग्राफर दीपेन्द्र शाही ठकुरीले वर्षा र पुष्पलाई मज्जाले नचाएका छन्।

गीतमा गायक सुवासलाई गायिका मेलिना राईले साथ दिएकी छिन्। यो गीतलाई दर्शक तथा श्रोताले मन पराउने गायक खरेलले विश्वास लिएका छन्।उनले यसअघि ‘यु एण्ड मि’ बोलको गीत बजारमा ल्याएका थिए।

यो गीतमा गायक खरेलकै शब्द र संगीत छ। भिडियोको निर्देशन तथा छायाँकन हरि हुमागाईले गरेका हुन् भने निशान घिमिरेले यो म्युजिक भिडियो सम्पादन गरेका हुन्।

SUBSCRIBE 👉