दिपक दीपाको ‘छक्का पञ्जा फेरी’मा किन काम गर्न मानिनन् साम्राज्ञीले ?


दिपक दीपाको फिल्म ‘छक्का पञ्जा’को सिक्वेल ‘छक्का पञ्जा फेरी’ बन्ने भएको छ। केहि दिन पहिले नै निर्माता दिपकराज गिरीले फेसबुक मार्फत ‘छक्का पञ्जा २’ निर्माण गर्ने बताएका थिय तर अब फिल्मको नाम ‘छक्का पञ्जा फेरी’ हुने पक्का भएको छ। दिपक दीपाले फिल्मको नाम ‘छक्का पञ्जा फेरी’ नै हुने स्पस्ट पारिसकेका छन्।

यो फिल्मका लागि निर्माणपक्षले नायक प्रदिप खड्का र नायिका साम्राज्ञीराज्य लक्ष्मी शाहलाई अफर गरेको थियो। प्राप्त खबरअनुसार प्रदिपले अहिलेसम्म यो फिल्ममा काम गर्ने वा नगर्ने केहि बोलेका छैनन्। तर, साम्राज्ञीले भने यो फिल्ममा काम नगर्ने भएकी छिन्।

वुझिएअनुसार, कोरियोग्राफर रेनशा वान्तवा राइले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘इन्टु मिन्टु’मा साम्राज्ञीले काम गर्दैछिन्। ‘छक्का पन्जा फेरि’ र ‘इन्टु मिन्टु’को छायांकन समय एकै समयमा पर्ने हुँदा उनले यो फिल्ममा काम गर्न नसक्ने वुझिएको छ। यो फिल्ममा तिन नायिका हुने भएकोले पनि उनले ‘छक्का पञ्जा २’मा काम नगरेको अनुमान गर्न सकिन्छ। किनकि यो फिल्ममा अघिल्लो सिक्वेलका नायिका प्रियंका कार्की र बर्षा राउतले काम गर्ने पक्का छ। यो फिल्ममा केदार घिमिरे, जितु नेपाल र बुद्धी तामाङ पनि दोहरिने पक्का छ।

SUBSCRIBE 👉