दयाहाङ्ग राईको ‘ह्याङ्ग’!


चलचित्र लुट मार्फत नेपाली फिल्मी बजारमा झुल्किएका दयाहाङ राईले आफ्नो छुट्टै क्रेज बनाए। ‘कबड्डी’ बाट उनको क्रेज झनै ह्वात्तै बढ्यो। ‘कबड्डी कबड्डी’ सम्म आइपुग्दा दर्शकले दयाहाङलाई उस्तै–उस्तै भूमिकामा प्रस्तुत हुनेअभिनेताका रूपमा चिन्न थाले। त्यसो त केही चलचित्रमा दयाले आफ्नो छवि परिवर्तन गर्न नखोजेका होइनन्, तर खासै जम्न भने सकेनन् । बाध्य भएर उनि, उही पुरानै छविलाई निरन्तरता दिन थाले र थुप्रै चलचित्रमा देखिए, तर यसले पनि उनको अभिनय करियरलाई फाइदा पुग्लाजस्तो देखिंदैन।

चलचित्र ‘लप्पन छप्पन’ सम्म आइपुग्दा दयाहाङको एकै किसिमको भूमिकाले दर्शकहरू नै ‘ह्याङ’ हुने अवस्था सिर्जना भएको छ। पछिल्लो चलचित्र ‘लुट–२’ र ‘लप्पन छप्पन’ मा पनि दया उस्तै देखिएका छन्। चलचित्र ‘घामछायाँ’ को ट्रेलर हेर्ने दर्शकलाई पनि दयाले ‘कबड्डी’ कै स्मरण गराए। उस्तै–उस्तै लाग्ने भूमिकामा देखिएर दयाहाङले दर्शकहरुलाई अझै कति ह्याङ गराउने हुन्? समयले नै देखाउला नि! कि कसो ?

SUBSCRIBE 👉