ट्रेलरमा हेर्नुहोस् ‘धनपति’को एस्तो छ पिडा !


टुकी आर्ट्स र दिपेन्द्र के खनालको सहकार्यमा निर्माण भएको दोश्रो फिल्म ‘धनपति’को ट्रेलर रिलिज भएको छ। राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मिकर्मी तथा संचारकर्मीहरु माझ फिल्मको ट्रेलर देखाईएको हो। यस अघि टुकी आर्ट्स र दिपेन्द्र के खनाल मिलेर चलचित्र ‘पशुपति प्रसाद’ निर्माण गरेका थिए। “पशुपति प्रसाद” २०७२ सालको चर्चित फिल्म हो।

“पशुपति प्रसाद” फिल्म हेर्न यहाँ क्लिक गर्नुहोस्

Nepali Actors Photoलाई साईकलमा राखेर स्कुल पुर्याउन गएको देखाईएको छ। दृश्य सँगै सँगै पात्रको मन छुने डाईलग आउछ, “हाडछाला घोटेर रात दिन कमाउदा पनि छोरीलाई राम्रो स्कुलमा पढाउन सकिन, साला चुतिया जिन्दगि!” आफ्नो सन्तानलाई पढाउन नसक्दाको पिडा। यस्ता मनै छुने अनगिन्ति डाईलगहरु सहित ट्रेलरमा राजनीतिक द्वन्द्वलाई पनि देखाइएको छ।

‘धनपति’को ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

रोजिना सिटौलाको लगानीमा निर्माण भएको यो फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गरेका हुन्। खगेन्द्र लामिछानेको लेखन रहेको यो फिल्ममा खगेन्द्र र सुरक्षा सँगै हरिहर शर्मा, मनिष निरौला, आशान्त शर्मा, सुरबी बर्तौला लगायतको अभिनय छ। निर्देशक खनाल आफैले खिचेको फिल्ममा आधा सुरको संगीत, शुर्य थोकरको एक्सन, दिर्घ खड्काको सम्पादन छ। असार २३ गते बाट यो फिल्म देशभर प्रदर्शनमा आउदै छ।

फिल्म निर्माण युनिटले केहिदिन अघिमात्र फिल्मको फर्स्ट लुक पोस्टर रिलिज गरेको थियो। जसमा फिल्मका मुख्य पात्र साईकलमा चढेर आउदै गरेको दृश्य छ।

SUBSCRIBE 👉