तिज गीतमा दुई वर्षाको छम-छमी । करिव ५ वर्ष पछि आईन गायिका सिन्धु मल्ल


फिल्म नाई नभन्नु ल कै सिरिज मार्फत डेब्यु गरेकाले पनि हुन् सक्छ, वर्षा राउत र वर्षा शिवाकोटीको चर्चा राम्रै हुने गर्छ। यी दुई वर्षालाई एउटै फिल्ममा संगै नदेखिए पनि तिज विशेष गीतको भिडियोमा भने संगै देखिएका छन्। झन्डै ५ वर्ष पछि सांगीतिक फाँटमा पुन: झुल्किएकी गायिका सिन्धु मल्लको तिज विशेष गीतको भिडियोमा यी दुई वर्षाले कम्मर मर्काएकि छन्।

निर्देशक सुव्रत आचार्यले दुई वर्षालाई पहिलो पटकसंगै अभिनय गराएको गीतमा राजकुमार बगरको शब्द तथा सुदाम थापाको संगीत छ। अहिलेको तीजैमा नाचौ छमछम बोलको यस गीतमा दुइ वर्षालाई नचाउने काम भने नृत्य निर्देशक गम्भीर विष्टले गरेका हुन्। गीतमा छायाँकन अर्जुन तिवारी र टीमको रहेको छ भने यसलाई भरत रेग्मीले सम्पादन गरेका हुन् ।

तर गीतमा किन दुइ वर्षानै राखियो त ? यस जिज्ञाषामा भिडियो निर्देशक आचार्य भन्छन ’ मैले यी दुई वर्षालाई नै नजिकबाट चिनेको छु र मलाइ लग्यो पछिल्लो समय फैलिएको हल्लालाई असत्य पनि सावित गर्नु पर्छ र मैले दुई वर्षालाई नै अफर गरे।’ चर्चा एउटा महत्वपूर्ण पाटो भएता पनि यी दुईलाई संगै देखाउने इच्छा पनि रहेको उनले बताए। ’चर्चा त होनै साथै यी दुई वर्षाले गीतलाई न्याय गर्ने भएकोले पनि संगै अभिनय गराएको हु’ सुव्रतले गीतलाई केहि फरक बनाउने प्रयास गरेको बताए।

त्यसो त संगै देखिदा दुवै वर्षा पनि निकै खुसि थिए। दुवै वर्षा भन्छिन् – ‘हामी संगै काम गर्न पाउँदा निकै खुसि लागेको छ।’

’केहि समय मैले मेरो घर गृहस्तीलाई दिए किनकी परिवारको दायित्व पनि पुरा गर्नु पर्छ नै अब फेरी बिस्तारै आफ्नै गीत लिएर आउदैछु’ गायिका मल्लले निरन्तरता दिने खुलाइन। उनले आफ्नो गीत नगएता पनि कलेक्सनमा भने गाउदै आएकी थिइन्। अघिल्ला तीजका गीत भन्दा यसलाई केहि फरक कन्सेप्टमा तयार पारिएको छ।

गायिका मल्ल पनि आफुले केहि ग्यापमा ल्याएको गीतले पहिले झैँ माया पाउनेमा विश्वस्त छिन। गायनमा स्थापित नाम सिन्धु मल्ललाई यस गीतले फेरी चर्चामा ल्याउने देखिन्छ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉