‘एलजी सिने अवार्ड’को मनोनयन सार्वजनिक, को होला उत्कृष्ट ?


साउन २३ गते काठमाडौंमा आयोजना हुने एलजी सिने सर्कल फिल्म अवार्ड–२०७४ मा नेपाली चलचित्रको ५१ वर्षको ईतिहासलाई स्मरण गरिने भएको छ। अवार्ड समारोहमा नीजि क्षेत्रको पहिलो नेपाली चलचित्र ‘माइतीघर’ का कलाकार तथा प्राविधिकलाई विशेष सम्मान अर्पण गरिने कार्यक्रममा सहभागिता जनाउन बलिउडबाट उक्त चलचित्रका अभिनेता तथा अभिनेत्री सिपी लोहनी तथा माला सिन्हा विशेष अतिथिको रुपमा सहभागि हुने निश्चित भएको आयोजक संस्थाले जनाएको छ।

यसैबीच सिनेमा सर्कल नेपालले आयोजना गर्ने एलजी सिने सर्कल अवार्ड–२०७४ मा प्रतिस्पर्धामा परेका उत्कृष्ट चलचित्रहरुको मनोनयन सूची सार्वजनिक गरिएको छ। पर्दा पछाडिका अनुहारलाई समेत स्थान दिने उदेश्यले अघिल्लो वर्षदेखि प्रारम्भ भएको यो एवार्डमा यसपटक चन्द्रागिरी हिल्स प्रालिले पनि सहकार्य गरेको छ।

उल्लेखित चलचित्रहरुको उत्कृष्ट पाँचको सुची २०७३ सालमा प्रदर्शनमा आएका चलचित्रहरु मध्येबाट हरेक विधामा लगभग ३ जना (कुल ६३ जना) ले चलचित्र भवनको नियमित प्रदर्शनमा अवलोकन गरि सिफारिस गरेको उत्कृष्ट ८ को आधारमा एलजि सिने सर्कल अवार्ड–२०७४ को लागि दर्ता गरिएका चलचित्रहरुबाट मात्र छानिएको हो।

यसपटकको एवार्डमा छक्का पञ्जा, गाजलु, जात्रा, वीर विक्रम तथा पुरानो डुंगा बेस्ट फिल्म अफ द इयरको विधामा मनोनित हुन सफल भएका छन्। दीपाश्री निरौला (छक्का पञ्जा), हेमराज बिसी (गाजलु), प्रदीप भट्टराई (जात्रा), मिलन चाम्स (वीर विक्रम) तथा रामबाबु गुरुङ (पुरानो डुंगा) सर्वोत्कृष्ट निर्देश्ँकको विधामा मनोनित छन्।

समारोहमा वरिष्ठ द्वन्द्व निर्देश्ँक एनबी महर्जनलाई ५१ हजार रुपैया नगद राशीसहित लाइफटाइम एचिभ्मेन्ट अवार्डद्वारा सम्मान गरिनेछ।

एलजी सिने सर्कल फिल्म अवार्ड–२०७४ को निर्णायकमा पत्रकार कृष्ण भट्टराई (संयोजक) तथा सदस्यहरुमा संगीतकार तथा चलचित्र निर्मँता सुरेश अधिकारी र निर्देश्ँक, कलाकार तथा सञ्चारकर्मी दिनेश डिसी छन्।

को-को परे मनोनयनमा ? – अर्को पेजमा हेर्नुहोस् (NEXT)

SUBSCRIBE 👉