देश दौडानमा ‘छक्का पन्जा २’ युनिट


रिलीज मिती नजिकीदै गर्दा फिल्म ‘छक्का पन्जा २’ देश दौडानमा निक्कीएको छ । दर्शक तथा मिडियासँग भेटघाट योजना बनाइएको देश दौडानमा कार्यक्रम २९ गते दमकमा, ३० गते इटहरी, ३१ गते हेटौडा, असोज १ गते नारायणगढ, २ गते बुटवल र ३ गते पोखरामा हुनेछ।

मोफसलको देश दौडान कार्यक्रममा प्रियंका कार्की, दीपकराज गिरी, वर्षा राउत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल, केदार घिमिरे, जितु नेपाल, लगायतका कलाकार सहभागी हुनेछन्  । दिपाश्री निरौलाले निर्देशन गरेको फिल्म दशैँको अवसर पारेर असोज ११ गरेदेखि एकसाथ रिलीजमा आउदैछन्।

SUBSCRIBE 👉