दिपक/दीपालाई चुनौती दिदै ऋचाले फेसबुक बाटै दिइन् गतिलो जवाफ


एतिबेला मिडिया तथा सामाजिक सञ्जालमा तरङ्ग आएको छ ‘छक्का पञ्जा २’ हेरेर अभिनेत्री ऋचा शर्माले दर्शकलाई मुर्ख भनेको भन्ने प्रसङ्ग। ‘छक्का पञ्जा २’का निर्माता निर्देशक दिपकराज गिरी र दीपाश्री निरौलादेखि कलाकारहरु सम्मले ऋचा शर्मालाई लक्षीत गरि फेसबुकमा ‘गेट वेल सुन’ लेखेपछि सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ। पक्ष विपक्षमा फिल्मकर्मी तथा सञ्चारकर्मी अनि फ्यानहरु विभाजित छन्।

यो बीचमा ‘छक्का पञ्जा २’ टिमलाई अभिनेत्री ऋचाले स्पष्टिकरण सहितको जवाफ फर्काएकी छिन्। रेखा थापादेखि केकी अधिकारीसम्मलाई ट्याग गर्दै उनले स्टाटस लेखेकी छिन्। फेसबुकमा पोस्ट गरेको स्टाटसमा ऋचाले आफु एक कलाकार, निर्माता तथा दर्शक भएको कारण दर्शकलाई मुर्ख भन्ने अधिकार नभएको भन्दै तर आफुले दर्शकको रुपमा भने बिचार व्यक्त पाउने अभिव्यक्ती दिएकी छिन्।

फिल्ममा होस् या अन्य कहिँकतै महिला हिंसाको विषयमा हाँसो उठ्ने कारण बनाइन्छ भने त्यसमा आफ्नो बिचार राख्न किन्चित नडगमगाउने भन्दै ऋचाले यस्तो हुँदा चाहे संसारले नै आफुलाई बिरामी सावित गरोस् भनेर चुनौती दिएकी छिन्। फिल्ममा आफुलाई मन लागेको देखाउन पाइने भएपनि त्यसमा आउने धारणालाई मेकरले पचाउन सक्नुपर्ने उनको तर्क छ। – हेर्नुहोस् ऋचाको एस्तो छ फेसबुक स्ट्याटस:

म एक कलाकार,निर्माता र दर्शक भएको कारणले दर्शकलाई मुर्ख भन्ने अधिकार नै छैन तर म पनि एक दर्शकका रुपमा बिचार दिन पाउँछु ।…

Posted by Reecha Sunkesari Sharma on Monday, November 27, 2017

यो पनि हेर्नुहोस्:

छक्का पन्जा-२ निर्माता, निर्देशक र कलाकारले कस्लाई भने ‘तपाईंका फिल्मले कहिल्यै दर्शक पाएनन’?

SUBSCRIBE 👉