‘नेप्टे’को ‘सुपारी ‘काँचो’ – हेर्नुहोस् रमाईलो भिडियो


आर रोशफी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको फिल्म ‘नेप्टे’को लोक लयमा आधारित गीत सार्वजनिक गरिएको छ। रोहित रुम्बाको प्रस्तुतिमा निर्माण भएको यो फिल्मको ‘सुपारी ‘काँचो’ बोलको गीत रिलिज भएको हो। रोहितकै कथा रहेको फिल्ममा पटकथा तथा संवाद किरण माइकलको छ। देवकुमार श्रेष्ठले चलचित्रको निर्देशन गरेका हुन्।

यो गीतमा ओम सुनार र सावित्री जोशीको स्वर, ओम सुनारकै संगीत, भानुभक्त ढकालको शब्द सुन्न सकिन्छ। कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोलाई हरि लामाले खिचेका हुन् भने तारा थापाले सम्पादन गरेका छन्। भिडियोमा रोहित रुम्बा, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको आकर्षक नृत्य हेर्न सकिन्छ।

रोहित रुम्बाले निर्माण गरेको यो फिल्ममा रोहित सँगै दयाहाङ राई, वुद्धि तामाङ, अर्जुन गुरुङ, छुल्ठिम गुरुङ, प्रनिशा सिलवाल, पूर्णिमा लामा, अरुना कार्की लगायतका कलाकारको मुख्य भूमिका छ। प्रनिशा सिलवाल यो चलचित्रबाट नेपाली फिल्मी क्षेत्रमा डेब्यु गर्दै छिन्।

रोशन श्रेष्ठको द्वन्द निर्देशन रहेको यो फिल्मले सामाजिक हाँस्य कथालाई उठान गरेको निर्माता तथा कलाकार रोहितले बताए। चैत्र ३० गतेबाट यो फिल्म प्रदर्शनमा आउँदैछ। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉