हुर्रे… नायिका नीता ढुङ्गानाको कामुक नृत्य


फिल्म ‘हुर्रे’को अर्को गीत रिलिज भएको छ। यसअघि रिलिज गरिएको ‘ठेकीमा दहि’ बोलको गीतले दर्शकमाझ लोकप्रिय भईसकेको छ। ‘बाँचे नी पशुपति मरे नी पशुपति…’ बोलको गीतमा अभिनेत्री नीता ढुङ्गानाले कामुक नृत्य गरेकी छिन्। गीतको भिडियो पनि पशुपति मन्दिर आसपास खिचिएको छ। फिल्ममा भने उनले अभिनय गरेकी छैनन्।

‘बाँचे नी पशुपति मरे नी पशुपति…’गीतमा संगीत कालिप्रसाद बाँस्कोटाको छ भने स्वरमा कालिलाई झुमाले साथ दिएकी छिन्। सविन एकतारेले गीतको शब्द लेखेका हुन्। बिक्रम स्वाँरले नृत्य निर्देशन गरेका छन्।

यम थापाको निर्देशनमा निर्माण भएको यो फिल्ममा केकी अधिकारी, राजाराम पौडेल, बिजय बराल, अनुपबिक्रम शाही, अंकित खड्काको मुख्य अभिनय छ। कमेडी जनरा भनिएको फिल्मलाई शिव ढकालले खिचेका हुन्। फिल्ममा दावा शेर्पा, सोनम लामा र छिरिङ दोर्जेको लगानी छ।

SUBSCRIBE 👉