‘शत्रुगते’ को टिजर रिलिज


पछिल्लो समय गीत र स्टारकास्ट मार्फत चर्चामा रहेको फिल्म ’शत्रु गते’ को टिजर रिलिज गरिएको छ। फिल्म निर्माण पक्षले टिजरलाई हलमा मात्र रिलिज गरेका छन्। यस अघि नै रिलिज गरिएको गीत ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ले राम्रो चर्चा पायको छ। पिरतीको बर्को ट्रेण्डिङमै रहिरहदा निर्माण पक्षले टिजरलाई हलमा मात्र रिलिज गरेको हो।

डेब्यु फिल्म ‘जात्रा’ मार्फत नै दर्शक तथा फिल्मकर्मी माँझ नोटिस हुन् सफल निर्देशक प्रदिप भट्टराईको निर्देशनमा तयार भएको यसफिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपक राज गिरी, दीपाश्री निरौला, किरण केसी, शिवहरी पौडेल, बशुन्धरा भुसाल, रमेश रंजन झा, प्रियंका कार्की, पल शाह, आँचल शर्मा लगायतको अभिनय छ।

फिल्मलाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको छ भने यसका प्रस्तुतकर्ता किरण केसी हुन्। फिल्ममा हरिवंश आचार्यको कथा छ। पटकथालाई निर्देशक भट्टराई र दीपकराज गिरी तथा संवाद भने निर्देशक भट्टराईले कथाकार हरिवंश आचार्यसंग मिलेर तयार गरेका हुन्। दिर्घ गुरुङले खिचेको फिल्मलाई मित्र गुरुङले सम्पादन गरेका हुन्। दीपकराज गिरी, दीपाश्री निरौला, नरेन्द्र कंसाकार, शिवहरी पौडेल, यसोधा श्रेष्ठ र रमिला आचार्य फिल्मका निर्माता हुन्। फिल्म चैत्र ९ मा रिलिज हुनेछ।

SUBSCRIBE 👉