मुस्कान पासाको डर्टी कमेडी ! कसलाई के भने मुस्कान पासाले ? (भिडियोसहित)


muskan-pasa-dhurmush

Muskan Pasa – Sitaram Kattel – Dhurmus

ग्ल्यामर नेपाल, काठमाडौं । विदेशी अवार्ड समारोहमा कलाकारहरु आफ्नै सहकर्मीलाई कमेडी गर्दै उडाउँछन्। जसले अवार्डको माहौल निकै तताउँछ तर नेपालमा हुने फिल्मी अवार्ड समारोहमा त्यस्तो स्वादिलो कमेडी कल्चर विकास भइसकेको छैन्। आज काठमाडौंमा भएको ‘ओफा अवार्ड’मा भने हास्यकलाकार सिताराम कट्टेलको कमेडीले वाहवाही बटुल्यो। हाँस्य सिरियल ‘मेरी बास्सै’मा ‘मुस्कान पासा’को भूमिकामा सितारामले एक दर्शकको रुपमा स्टेजमा फर्ममेन्स धेरै नायक/नायिका रातोपिरो भएका थिए। कतिपयले उनको कमेडीलाई ‘डर्टी कमेडी’को संज्ञा पनि दिए। तर अवार्ड हलको एकोहोरो हाँसोको फोहोराले मुस्कान पासाको कमेडीमा धेरैको समर्थन रहेको प्रष्ट हुन्थ्यो।

कसलाई के भने मुस्कान पासाले ?

राजेश हमाललाई मुस्कान पासाले एक नम्बरका लोभी संज्ञा दिए। लोभी भएकै कारण उनले शंकर होटलमा सित्तैमा भोज गरेको पासाको भनाई थियो। ‘लाउँलाउँ–खाउँखाउँ भन्ने उमेरमा बिहे गरेर उनी पनि शहिद भए,’ पासाले भने, ‘अब भोली मधु गर्भवती भएपछि ‘शंकर हुँ म’ भन्दै गए भने ९ महिनामा जन्मनु पर्ने बच्चा डेढ महिनामै बाहिर आउने बेर छैन।’ त्यस्तै, भुवन केसीलाई पासाले ‘गर्लफ्रेन्ड बेसी’ भन्दै उडाएका थिए भने जीवन लुईँटेललाई ‘अवार्ड लुईँटेल’ भन्दै ब्यग्य कसे।

नायकहरुको तुलनामा पासाले नायिकाहरुको धेरै उछित्तो काढे। करिश्मा मानन्धरलाई आफ्नै खानदानको मान्छे भन्दै उनले खानदानको नै बेइजत गरेको आरोप लगाए। ‘संवेदनशिल अंगमा ट्याटु खोपेर गर्नुसम्म बेइजन गरी। एकदिन मेरो एक साथीले करिश्मालाई एउटा कार्यक्रममा प्रमुख अतिथी बनाउनु पर्‍यो भन्यो, मैले पनि जाउँ भनिदिए,’ पासाको भनाई थियो, ‘तर त्यो ब्याज बाड्न भाइले करिश्मालाई ब्याज दिन गएछ र फिर्ता ल्याएछ। किन भनेर सोधेको त, उसले पहिले नै ब्याज लगाइसकेको रहेछ। गर्नु बेइजत गरिन् नी करिश्माले।’ करिश्माको बारेमा यसरी कमेडी गर्दा उपस्थित दर्शकले तालि बजाएका थिए। रमाइलो कुरा त के भने करिश्मा स्वयम समारोहमा उपस्थित थिइन्।

करिश्मापछि पासाले उडाउने पालो थियो रेखा थापाको। रेखामाथि उनले अझ कडा कमेडी गरे। ‘रेखा त मेरो एक्स गलफ्रेन्ड हो। मसँग ४ बर्ष लभ गरेपछि झ्याउ लागेर छोडिदिए। पछि छविराज ओझासँग बिहे गरिछ,’ दर्शकको हाँसो बिच उनले भने, ‘अहिले त सुदर्शन भन्नेसँग कविता लेख्दै छ रे। त्यो भने फिल्म चलिन्जेलसम्म मात्र हो। यसपछि त त्यो सुदर्शन भन्नेको पनि विजोग हुन्छ।’ अर्की नायिका प्रियंका कार्कीलाई ‘नाई नभन्नु ल २’मा धेरै रोएर श्रीलंका नै बगाएको भन्दै मजाक गरे। त्यति मात्र होइन्, उनले प्रियंकाको डाइनिङ टेबल सेक्स किस्साको पनि मज्जैले उडाए। उनले भने, ‘त्यो के जाती डाइनिङ टेबलमा गर्दा मज्जा आउँछ रे हैन प्रियंकालाई। प्रियंकाले त्यसो भनेपछि मैले पनि २ वटा डाइनिङ टेबल नै किने नि। के गर्नु एउटा भाँचियो भने अर्को चाहियो नि।’

अहिलेकी अर्की चर्चित नायिका केकी अधिकारीलाई पासाले ठेकी अधिकारीको संज्ञा दिए। ‘ज्यान हेर्न ठेकीको जस्तो छ,’ उनले भने, ‘तर पनि केकी मेरो लाइनमा नै छ।’ त्यस्तै पासाले दिपाश्री निरौलालाई ‘फर्सी’ को उपमा भिराएका थिए। ‘दिपाश्री मोटाएर फर्सी जस्ती भाकी छे, कुन दिन दुई फ्याक हुन्छे र कुन चाहीले तरकारी पकाएर खाइदिन्छ। अनि दिपकराज गिरी हेरेको हेर्‍यै।’

भिडियो हेर्नुहोस्
muskan-pasa-video

SUBSCRIBE 👉