खलनायक भूमिकामा देखिए दयाहाङ राई । हेर्नुहोस् चलचित्र ‘नेप्टे’को ट्रेलर


दयाहाङ राई, छुल्ठिम गुरुङ, रोहित रुम्बा, वुद्धि तामाङ को मुख्य भूमिका रहेको चलचित्र ‘नेप्टे’को ट्रेलर रिलिज गरिएको छ। राजधानीमा चलचित्र निर्माण पक्षले राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर रिलिज गरेको हो। चैत्र ३० गतेबाट रिलिज हुन लागेको यो चलचित्रमा अर्जुन गुरुङ, पूर्णिमा लामा, प्रनिशा सिलवाल लगायतका कलाकारको पनि मुख्य भूमिका छ।

आर. रोशनी फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा रोहित रुम्बाकै लगानी छ। चलचित्रलाई देबकुमार श्रेष्ठले निर्देशन गरेका हुन्। चलचित्रमा नायक दयाहाङ राई पहिलो पटक खलनायकको भूमिकामा देखिएका छन्। चलचित्र भित्र दयासँग रोहित र वुद्धिको द्धन्द्ध देखाइएको छ। चलचित्रको ट्रेलरलाई पूर्ण रुपमा कमेडी शैलीमा तयार पारिएको छ।

ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै नायक तथा निर्माता रोहित रुम्बाले कमेडी कथामा रमाइलो चलचित्र बनाएको बताए। उनले, चलचित्रमा दयाहाङ राई खलपात्रको भूमिकामा रहेकाले कुनै पनि गीतमा नदेखिएको स्पष्ट पारे। यस्तै, नायिका छुल्ठिम गुरुङले यो चलचित्रको कथा असाध्यै मन परेकाले काम गरेको बताइन्। अर्का, कलाकार वुद्धि तामाङले चलचित्रमा एक्सन गर्दा गाह्रो भएपनि रमाइलो भएको बताए।

चलचित्रमा रोहितकै कथा, किरण माइकल घिमिरेको पटकथा तथा संवाद, हरि लामा घलेको छायांकन, तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, बाबु बोगटी, सन्तोष राज र रोहित रुम्बाको संगीत छ। – ट्रेलर हेर्नुहोस्

SUBSCRIBE 👉