माघे संक्रान्तिमा ‘झोले’को बम बम भोले (भिडियोसहित)


jholay-dayahang-priyanka-karkiकाठमाडौं, हिन्दु नेपालीहरुको पर्व माघे संक्रान्तिको अवसरमा डार्क कमेडी फिल्म ‘झोले’को ‘बम बम भोले’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। यो गित फिल्मका मुख्य कलाकारहरु दायाहाङ राई, पि्रयंका कार्की र ए.गुरुङमाथि फिचराइज गरिएको छ। रमाइलो शैलीको उक्त गीतमा स्वर तथा संगीत अनुपम शर्माको छ भने शब्द अभिनेता दयाहाङकै रहेको छ। निलु डोल्मा शेर्पाको कोरियोग्राफी रहेको रमाइलो शैलीको यो गीतले दर्शकको ध्यान तान्ने विश्वास गरिएको छ।

फागुन ९ गतेबाट देशभर प्रदर्शन हुने ‘झोले’लाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। केही अघि सार्वजनिक गरिएको फिल्मको ट्रेलरले धेरैको ध्यान आकृष्ट गरेको छ। देशको राजनीतिक अन्यौलताले गर्दा नागरिकहरु कसरी झोले बन्दै गएका छन् भन्ने बिषयलाई प्रस्तुत गरिएको सिनेमा पूर्णतया कमेडिमा बेस भएको निर्देशक खनालको भनाई छ। पुरुषोत्तम प्रधानले खिचेको यो फिल्मलाई दिर्घ खड्काले सम्पादन गरेका छन्। चलचित्रका गीत भुपेन्द्र खड्काले कोरेका हुन्। खड्का शब्द र हरि लम्सालको संगीत रहेको फिल्मको अर्को गीत ‘तिमी नै मेरो’ हिट भइसकेको छ। राजेश पायल राईको स्वर रहेको उक्त गीतको कोरियोग्राफी रिनाशा राईले गरेकी हुन्। चलचित्रमा टेकेन खड्काको लगानी रहेको छ।

SUBSCRIBE 👉