‘भैरे’बाट आशावादी दयाहाङ


काठमाडौ । अभिनेता दयाहाङ राई यतिबेला फिल्म ‘भैरे’का कारण चर्चामा छन् । एभरेष्ट सूर्य बोहोरा निर्देशित यो फिल्ममा उनी शीर्ष भूमिकामा छन् । आगामी साउन ४ गते रिलिज हुने फिल्ममा उनी फरक गेटअपमा देखिँदैछन् ।

‘भैरेको कथा मन पर्यो अनि छाड्न सकिन । यो मेरो टाइपको फिल्म बनेको छ,’उनले भने,‘भैरे सोसल ड्रामा हो । पहिलादेखि जसरी फिल्महरु बनिरहेका थिए त्यसैको एक अवधारण हो । यो कुनै ठाउँ विशेषको कथा हो भन्ने छैन । नेपालभरीको एक प्रतिनिधि गाउँमा सुटिङ गरिएको छ, जुन मुस्ताङ र अपरमुस्ताङमा खिचिएको छ ।’

निर्देशक बोहोराको निर्देशन स्कुलिङ पुरानो भए पनि फिल्ममा काम गर्दा त्यस्तो नदेखिएको दाबी दयाहाङको छ । उनलाई फिल्मले राम्रो नतिजा ल्याउनेमा शंका छैन । यसमा दयाहाङको जोडी अभिनेत्री सुरक्षा पन्तसँग बाँधिएको छ ।

यो फिल्मको निर्मातामा प्रेम प्रसाद पौडेल र देवीमाया अधिकारी छन् । करुणाकर घिमिरे, सविता गुरुङ, यम बराल, सिन्धु पौडेल र कुमार बस्नेत फिल्मका सह(निर्मातामा छन् ।

फिल्ममा वर्षा सिवाकोटी, बुद्धि तामाङ्ग, विक्रान्त बःनेत, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।

SUBSCRIBE 👉