‘छक्का पञ्जा ३’मा कसको पहिलो नम्बरमा को ?


काठमाडौं । फिल्म ‘छक्का पञ्जा ३’ को पहिलो गीत सार्वजनिक गरिएको छ । हाइलाइटस नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको ‘पहिलो नम्बरमा’ बोलको गीतमा सम्पूर्ण कलाकार देखिएका छन् । गीतलाई राजेन्द्र थापाले लेखेका छन् भने यसमा संगीत दीपक शर्माको रहेको छ । गीतमा डेविड शंकर र बिन्दु परियारको स्वर रहेको छ ।

गीतलाई कविराज गहतराजले कोरियोग्राफ गरेका छन् । गीतमा सबै कलाकार सुहाउदो भएकाले नै राखिएको निर्माण पक्षले जनाएका छन् । गीतमा दीपकराज गिरी, दीपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, संजोग कोइराला, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, बुद्धि तामाङ सहित फिल्मकी निर्देशक दीपाश्री निरौला पनि देखिएकी छिन । दसैँमा रिलिज हुने फिल्मको प्रचारप्रसारको सरुवात गर्दै पहिलो गीत सार्वजनिक गरिएको हो । फिल्ममा शिशिर राणा, शिशिर वाग्देल, लक्ष्मी गिरी, शारदा गिरी, बसन्त भट्ट लगायतको अभिनय रहेको छ ।

फिल्मकी निर्देशक दीपाश्री हुन् भने यसमा कार्यकारी निर्माताको रुपमा जितु नेपाल र केदार घिमिरे छन् । अघिल्लो सेरिज झैँ यसमा पनि सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाई ‘निशान’ निर्माताको रुपमा रहेका छन् । आमा सरस्वती मुभिजको प्रस्तुति रहेको फिल्मको निर्माणमा आइएमईले पनि सहकार्य गरेको छ ।

फिल्ममा कथा दीपकराज गिरीको रहेको छ भने संवादमा दीपकसँगै केदार घिमिरे, जितु नेपाल, यमन श्रेष्ठ रहेका छन् । फिल्ममा दीपकसँगै अर्जुन पोखरेलको पनि संगीत रहेको छ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द, कविराज गहतराज र प्रविन सिंहको नृत्य निर्देशन, पुरुषोत्तम प्रधानको छायाँकन, सुनयमान श्रेष्ठको मिक्सीङ्ग, सुजिल कर्माचार्यको पार्श्वसंगीत रहनेछ ।

SUBSCRIBE 👉