‘द कपिल शर्मा सो सिजन २’ प्रोमो रिलिज


‘द कपिल शर्मा सो सिजन २’ प्रशारणमा आउने भएको छ। सोनी टिभीले ट्विटरमार्फत सो को प्रोमो पनि सार्वजनिक गरेको छ। पछिल्लो समय कपिल र सुनिल ग्रोभर (डाक्टर गुलाटी) को विवादका कारण कमेडी विथ कपिल शर्मा सो को प्रशारण बन्द भएको थियो। सोले दर्शकमा लोकप्रियता कमाएको थियो। ‘सिजन २’ लाई कपिलले नै संचालन गर्नेछन्। ‘द कपिल शर्मा सो सिजन २’ को प्रोड्युसर सलमान खान हुन्। कपिल सोले दर्शकको माया फेरी बटुल्नेमा आशावादी भएको जनाएका छन्।

सो सँगै कपिल विवाहको तयारीमा छन्। उनी यहि डिसेम्बरमा विवाह बन्धनमा बाधिदै छन्।

SUBSCRIBE 👉