पोखरामा हनिमुन मनाउँदै हमाल जोडी


“हमालले आफु बसेको होटल र पोखराको कुन कुन स्थान घुम्ने भन्ने योजना नखुलाए पनि यो जोडी पोखरामा रमाइरहेको छ। राजेशले मधुलाई अमेरिकामा हनिमुन मनाउन लैजाने योजना बनाए पनि मधुको भिषा प्रक्रियामा ढिला भएपछि उनले अमेरिका योजनालाई रद्द गरेर पोखरा यात्रामा निस्किएका थिए।”

rajesh-hamal-madhu-bhattarai-honemoon-in-pokhara

ग्ल्यामर नेपाल, काठमाडौं । विवाह गरेर पनि हनिमुन मनाउन नपाएका महानायक राजेश हमाल यतिखेर पोखरामा श्रीमति मधु भट्टराईसँग हनिमुन मनाउन व्यस्त छन्। गत मंगलबार हनिमुन मनाउन पोखरा पुगेको यो जोडीले फेसबुकमा हनिमुनका केही तस्वीरहरु पोस्ट गरेका छन्।

हमालले आफु बसेको होटल र पोखराको कुन कुन स्थान घुम्ने भन्ने योजना नखुलाए पनि यो जोडी पोखरामा रमाइरहेको छ। राजेशले मधुलाई अमेरिकामा हनिमुन मनाउन लैजाने योजना बनाए पनि मधुको भिषा प्रक्रियामा ढिला भएपछि उनले अमेरिका योजनालाई रद्द गरेर पोखरा यात्रामा निस्किएका थिए।

राजेशलाई अमेरिकामा एनएनए कन्फरेन्समा निम्तो दिइएपछि त्यही मौकामा मधुलाई पनि अमेरिका लैजान लागेका थिए। यो कन्फरेन्समा भर्सटायल गायक राजेशपायल राई र बलिउड अभिनेत्री तथा नेपाली चेली मनिषा कोइराला अतिथिका रुपमा सहभागी हुँदैछन्। विवाहपछिको पहिलो रात राजेश र मधुले धुलिखेलको एक रिर्सोटमा बिताएका थिए।

यूकेमा रहेकी फ्यान इशा गुरुङले राजेश दम्पतीलाई सफल हनिमुनको कामना गर्दै फुलका गुच्छा पठाएकी थिईन्। उक्त गुच्छा उनको पोखरामा रहेका साथीले हमाल जोडीलाई प्रदान गरेका थिए।
rajesh-hamal-madhu-bhattarai-honemoon-in-pokhara-1

SUBSCRIBE 👉