दयाहाङ र प्रकृतिको ‘बिहे पास’कोलागी कलाकारको खोजी, फागुन ११ र १२ मा हुदैछ अडिसन


चैत्र पहिलो साताबाट सुटिङ्ग सुरु हुने तयारीमा रहेको फिल्म ‘बिहे पास’ ले अडिसनमार्फत कलाकार चयन गर्ने भएको छ। प्रवेश पौडेलको निर्देशनमा निर्माण हुने फिल्ममा दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा अनुबन्धित भइसकेका छन्। बाँकी कलाकारका लागि फिल्म निर्माण ब्यानर आरआर फिल्मस् प्रोडक्सनले ‘कास्टिङ कल’ गरेको छ।

निर्देशक पौडेलका अनुसार फिल्मका लागि २० देखि ६५ बर्षसम्मका २२ जना पुरुष र २०, २६, ४०, ५० र ६७ बर्षका ५ जना महिला कलाकारको आबश्यकता रहेको छ। स्क्रिप्टको मागअनुसार ‘कास्टिङ कल’ गरिएकाले नयाँ मात्र नभइ अनुभवी कलाकारले पनि अडिसनमा भाग लिन पाउने प्राबधान राखिएको निर्माण संस्थाले जनाएकोे छ। अडिसन फागुन ११ र १२ गते नेपाल फिल्म कास्टिङ कम्पनी, ग्वार्काे, ललीतपुरमा हुनेछ। अडिसनबारे केही बुझ्नु परेमा ९८६९८६२१२७ र इमेल–nfccfilm@gmail.com मा सम्पर्क गर्न सकिनेछ।

रोहित कट्टेलको प्रस्तुति रहेको फिल्मको कार्यकारी निर्माता रत्न श्रेष्ठ र सहनिर्माता ग्याल्जेन लामा छन्। तराई भेगमा खिचिने फिल्मको कथा आकाश बराल,सजन काफ्ले र मुरे केरले लेखेका हुन्। सामाजीक बिषयमा निर्माण गर्न लागीएको फिल्म भरपुर मनोरञ्जनात्मक हुने निर्माण पक्षले बताउदै आएको छ।

SUBSCRIBE 👉