म्युजिक भिडियोमा करिष्मा, रहर की बाध्यता ?


karishma-manandhar-3 ग्ल्यामर नेपाल, काठमाडौं । फिल्ममा सोचेजस्तो सफलता पाउने नसकेपछि ‘एभरग्रीन एक्ट्रेस’ करिष्मा मानन्धर म्युजिक भिडियोमा रमाउन थालेकी छिन्। महानायक राजेश हमालसँग रोमान्स गरेको म्युजिक भिडियो सार्वजनिक भएको तीन महिना नबित्दै फेरि उनले नयाँ भिडियोमा मोडलिङ गरेकी हुन्। उनलाई निर्देशक सुरेश दर्पण् पोखरेलले ‘जुन तारा सँगै रात मा आउछु भनेर’ बोलको गीतको भिडियोमा अभिनय गराएका छन्। गोदावरी पार्कमा छायांकन गरिएको उक्त भिडियोमा करिष्मालाई ७० औं दशकको लुक्समा देखाइएको छ। केही समय अगाडि प्रदर्शनमा आएको चलचित्र ‘किन-किन’मा पनि उनले लुक्समा अभिनय गरेकी थिइन्।
karishma-manandhar-1

करिष्माले मोडलिङ गरेको गीतमा प्रनेश मास्के स्वर रहेको छ। हरी हुँमागाइको छायांकन र कमल राईको नृत्य निर्देशन छ। निलिमा शर्मा भिडियोकी कस्ट्युम स्टाइलिस्ट हुन्। निर्माण पक्षले एक साताको बीचमा यो भिडियो सार्वजनिक जानकारी दिएको छ। फिल्मबाट विस्तारै हराउँदै गएकी करिष्माको म्युजिक भिडियोको यात्रा कतिको सफल हुने हो ? प्रतिक्षाको विषय बनेको छ। सँगै उनको लागि म्युजिक भिडियो रहर की बाध्यता ? भन्ने सवाल पनि उठ्न थालेको छ।karishma-manandhar-2

करिष्माले पछिल्लो पटक सुरज सुब्बा नाल्बो निर्देशित चलचित्र ‘वान वे’मा अभिनय गरेकी थिइन्। तर फिल्मको पहिलो अफिसियल ट्रेलरमा उनलाई देखाइएको छैन।
karishma-manandhar-4

SUBSCRIBE 👉