‘झोले’मा नगरबधु बन्न ठमेल पुगेकी थिइन् प्रियंका


priyanka-karki-photo फिल्म झोलेमा आफूले नगरवधुको भूमिका निर्वाह गर्नुपर्ने भएपछि हिरोइन प्रियंका कार्कीले धेरै साँझ ठमेलमा बिताइन्। मुखमा सल बाँधेर वेश्यावृत्तिमा लागेका युवतीको हाउभाउ कपी गर्ने प्रयास गरिन्। होटल र लजहरू चहारिन्। र, बल्ल सुटिङ्का लागि तयार भइन्। जसले गर्दा चरित्रलाई जीवन्त उतार्न सफल भएको प्रियंकाको भनाइ छ। ट्रेलर सार्वजनिक भएपछि धेरैले उनको अध्ययन सदुपयोग भएको अनुमान गरेका छन्। निर्देशक दीपेन्द्र के खनाल पनि प्रियंकाको कामबाट सन्तुष्ट देखिन्छन्। तर, निर्देशकलाई जस्तै दर्शकलाई सन्तुष्ट बनाउन उनी सफल हुन्छिन कि हुन्नन्, फागुन ९  मा फिल्म रिलिज भएपछि मात्र थाहा हुनेछ। – नेपाल साप्ताहिक 

SUBSCRIBE 👉