ट्राभल लभस्टोरीको कथा रहेको फिल्म ‘लण्डन टु पेरिस’

डेब्यू नायक निश्चल खड्काको नायिका साम्राज्ञी आरएल शाह र डेब्यू नायिका गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेम र द्वन्द्व। साम्राज्ञीबाट धोका पाएपछि गरिमासँग प्रेम !


निर्देशक घनश्याम लामिछाने निर्देशित फिल्म ‘लण्डन टु पेरिस’को ट्रेलर रिलिज भएको छ। तीन मिनेट लामो ट्रेलरमा फिल्मका ‘डेब्यू’ नायक निश्चल खड्काको नायिका साम्राज्ञी आरएल शाह र ‘डेब्यू’ नायिका गरिमा शर्मासँगको त्रिकोणात्मक प्रेमको द्वन्द्व देखाइएको छ।

फिल्ममा अर्का नायक कविर खड्कालाई निश्चलको साथीका रुपमा प्रस्तुत गरिएको छ। साम्राज्ञीबाट धोका पाएपछि फिल्मका नायक निश्चलले कवीरकै सल्लाहमा गरिमासँग प्रेम गरेको बुझ्न सकिन्छ।

फिल्ममा कथा, पटकथा र संवाद प्रदीप भारद्वाजको छ। फिल्ममा रुष्मा थापा, मनिष श्रेष्ठ तथा मनिष गान्धीको पनि अभिनय छ। एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ। अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन्।

सनिश खकुरेल र अजित केआर थापा सह–निर्माता रहेको फिल्ममा अंकित गौतम, सुरज कुँवर र विजय भण्डारी कार्यकारी निर्माता छन्।

फिल्ममा अभेद परवको डिओपी, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड र सलिन मगरको संगीत, सजु चन्द्रनको सम्पादन, सुजिल कर्माचार्यको पाश्र्व संगीत, लंगनेस फर्नान्डेजको कोरियोग्राफी, साहिल खानको ट्रेलर, विजय वस्यालको पोस्टर डिजाइन, मुख्य सहायक निर्देशकमा फिरोज खड्का रहेका छन्। रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले वितरण गर्ने फिल्म यही जेठ २५ गते रिलिज हुँदैछ।

SUBSCRIBE 👉