आशिष इन्टरटेन्मेन्टले खरिद गर्यो चलचित्र ‘मिरमिरे’को मिडल इस्ट प्रदर्शन अधिकार

आशिष इन्टरटेन्मेन्टले युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार खरिद गरेको छ।


चलचित्र ‘मिरमिरे’को अन्तराष्ट्रिय प्रदर्शन अधिकार बिक्री सुरु भएको छ। चलचित्रको मिडल इस्टसहित केही देशको प्रदर्शन अधिकार बिक्री भएको छ। निर्देशक यम शेर्पाका अनुसार युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार बिक्री भएको छ। यी देशको प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले खरिद गरेको छ।

दयाहाङ राई, सिर्जना निङलेखु र प्रकाश सपूत मुख्य भूमिकामा रहेका चलचित्र ‘मिरमिरे’को केही समयअघि दुईवटा पोस्टर सार्वजनिक भएको थियो। दयाहाङ राई र एक बाल कलाकार तथा प्रकाश सपूत, सिर्जना निङ्लेखु र शाइसा गौचन पोस्टरमा फिचर्ड थिए।

दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो। यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गरेका हुन्। यसअघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’मा पनि दयाहाङ मुख्य भूमिकामा थिए।

यार्सा फिल्म्सको प्रस्तुति रहेको यो चलचित्र ‘मिरमिरे’ माघ १ गते रिलिज हुँदैछ।


गायक सुशान्त केसी अभिनय रहेको छोटो फिल्म ‘यस्तै रै’छ’ हेर्न यहाँ क्लिक गर्नुहोस्


SUBSCRIBE 👉