
आर्या इन्टरटेन्मेन्ट प्रा.लिको प्रस्तुतिमा निर्माण भएको फिल्म ‘आ बाट आमा’को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजरमा परदेशिन लागेका छोरालाई बुबाआमाको माया कतिसम्मको हुन्छ भन्ने यर्थात कथालाई प्रस्तुत गरिएको छ।
टिजरमा अभिनेता पल शाह सिरानीमाथी पासपोर्ट राखेका छन् भने उनका बुबा प्रदीप रावत र आमा विपना थापा रातभरि रोएर बसेका छन्। छोराको बिदाई गर्नुअघि बुबा आमालाई अनिन्द्रो देखिन्छ। उनीहरु छोरा परदेशिन लागेको रात रोएरै उज्यालो बनाएका छन्।
माघ १६ गतेबाट रिलिज हुने यो फिल्ममा प्रदीप रावत, विपना थापा र पल शाहका अलवा सिम्रन पन्त, साइग्रेस पोखरेल, उषा उप्रेती, रविन्द्र झा, गजित बिष्ट, अंशु महर्जन, बेगम नेपाली लगायतले अभिनय गरेका छन्। साथै बालकलाकारमा समाइरा थापा र शान अधिकारी रहेका छन्।
ALSO READ: मार्मिक स्लोगन सहित फिल्म ‘आ बाट आमा’ को २ पोस्टर सार्वजनिक
