माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मिरमिरे’को टिजर हेर्नुहोस्

यार्सा फिल्म्सको प्रस्तुतिमा यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर रिलिज भएको छ। आमाको अनुपस्थितिमा बुबा र छोरीको इमोस्नल सम्बन्धको कथा टिजरमा हेर्न सकिन्छ।


यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर रिलिज गरिएको छ। आमाको अनुपस्थितिमा बुबा र छोरीको इमोस्नल सम्बन्धको कथा टिजरमा हेर्न सकिन्छ।

बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको जिम्मेवारी उठाएका छन्। यसका लागि उनी स्कुलमा काम गर्छन्। छोरीले जानअनजानमा नै आमाको अभावको महसुस गरिरहेकी छन्। यो दयाहाङले पनि महसुस गरेका छन्।


दयाहाङ र प्रकाशको पहिलो सहकार्य चलचित्र ‘मिरमिरे’को दुई पोस्टर सार्वजनिक


सिर्जना निङलेखु स्कुलकी शिक्षिका हुन्। उनी त्रिकोणात्मक प्रेममा रहेको छनक टिजरले दिएको छ। दयाहाङ राई र प्रकाश सपूतसँग उनी प्रेममा रहेको हो कि भन्ने सिनेमाको संवाद र दृश्यले देखाएको छ। टिजरको अधिकांश समय दयाहाङ राईले अकुपाइ गरेका छन्।

यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन्।


आशिष इन्टरटेन्मेन्टले खरिद गर्यो चलचित्र ‘मिरमिरे’को मिडल इस्ट प्रदर्शन अधिकार


यो चलचित्र माघ १ गतेबाट प्रदर्शनमा आउदैछ।

SUBSCRIBE 👉