मिस इ–कलेजमा ३० सुन्दरीको प्रतिष्पर्धा


Miss-College
ग्ल्यामर नेपाल, काठमाडौं । सिजन मिडियाले कलेजमा अध्ययनरत छात्राहरुलाई केन्द्रित गर्दै आयोजना गर्न लागेको ‘टिभिएस जुपीटर मिस इकलेज २०१४’ फाइनलमा ३० सुन्दरीले प्रतिष्पर्धा गर्ने भएका छन् । मिडियाको पुतलीसडकस्थित कार्यालयमा भएको अडिसनमा उनीहरु छनौंट भएका हुन् ।

विगत पाचँ वर्षदेखि राजधानीमा रहेर विभिन्न सामाजिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको पाँचौं संस्करणका लागि उपत्यकामा रहेका ५० भन्दा बढी कलेजका ७० बढी छात्राहरूले आवेदन दिएको मिडियाका प्रबन्ध निर्देशक प्रदिपराज वन्तले बताए । ‘नारी व्यक्तित्व, शिक्षा र सुन्दरता’भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई मध्य नजर राखी उनीहरुको व्यक्तित्व विकास साथै उच्च शिक्षाको अध्ययनमा सहयोग पुग्न सकोस भन्ने अभिप्रायले प्रतियोगिता गर्न लागिएको वन्तले जनाए ।

Audition-Photoअडिसनमा फिल्म ‘स्टुपीड मन’का निर्देशक दिवाकर भट्टराई, मिस ई–कलेज २०१२ की विजेता गृष्मा बस्नेत, अन्नपूर्ण पोष्टका पत्रकार मनोज श्रेष्ठ तथा कोरियोग्राफर रोजीन शाक्य निर्णायक रहेका थिए । प्रतियोगीहरुलाई भदौ ५ गतेबाट पौडी, फिटनेश, फोटोसेसन र व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षण दिइने छ । उनीहरुलाई कोरियोग्राफर शाक्यले ग्रुमिङ गर्नेछन् । प्रतियोगिताको विजेताले स्कुटर र उच्च शिक्षामा ५० हजार बराबरको छात्रावृत्ति साथै अन्य गिफ्टहयाम्पर पाउने छन । फस्ट रनर अप र सेकेण्ड रनर अपले, मोबाइल फोन र छात्रावृत्ति आदि प्राप्त गर्ने छन् । यस बाहेक अन्य विभिन्न १६ विधामा पनि अवार्ड प्रदान गरिनेछ । प्रतियोगिताको फाइनल असोजको पहिलो हप्ता हुनेछ ।

SUBSCRIBE 👉