पुजनालाई ‘चकलेट’को भर


pujana-pradhanग्ल्यामर नेपाल, काठमाडौं । २०५६ सालमा फिल्म ‘हिरो’बाट रेखा थापासँगै डेब्यु भएकी हुन्, पुजना स्त्री। तर यो कुरा धेरैलाई पत्यार नलाग्न सक्छ। लागोस् पनि कसरी, जबकी रेखाले नम्बर वान नायिकाको ट्याट भिरिसक्दा पुजना दर्शकमाझ अझ ‘मार्क’ हुन सकेकी छैन्। रेस्टुरेन्टमा नाच्दानाच्दै हिरोइन बन्न पुगेकी उनले यसबिच कुनै सम्झनालायक सिनेमा दिएकी छैनन्। बरु ‘तिर्खा’, ‘रक्षा’जस्ता फिल्ममा भद्धा र अश्लील दृश्य दिएको भन्दै उनको चर्को आलोचना भयो। एकातिर कामविहीन, अर्कोतिर आलोचना, सोही कारण फिल्म क्षेत्रबाट लगभग पलायन भएकी पुजना आफैं निर्माणमा कस्सीएकी छिन्। ‘चकलेट’ नाम दिइएको फिल्ममा उनको लगानी मात्र होइन्, मुख्य भूमिका नै रहेको छ।

‘चकलेट’बाट कलाकार निर्मल शर्मा निर्देशकको रुपमा डेब्यु हुँदैछन्। हाल यो फिल्मको राजधानीमा धमाधम सुटिङ भइरहेको छ। अब हेर्नुछ, सडक बालबालिकाको व्यथा बोल्ने फिल्म पुजनाको धुमिलिएको छवि र करिअर उकास्न कतिको प्रितकर हुनेछ ?

स्मरण रहोस्, पछिल्लो समय स्तरिय ब्यानरका फिल्म नपाउने र पाएपनि हिट नहुने कलाकार आफैं निर्माणमा होमिनु सामान्य भएको छ। रेजिना उप्रेती, आर्यन सिग्देल, निरज बराल, सुवास थापालगाएतका कलाकार करिअरले गति नलिएपछि फिल्म निर्माण गर्नेमा पर्छन्। यही सुचीमा थपिएका हुन पुजना पनि।

SUBSCRIBE 👉