‘ढुवानी’की आइटम गर्ल अर्चना बंगाली फिल्ममा अनुबन्ध


Archana-Dellala-1 ग्ल्यामर नेपाल, काठमाडौं । केही समय अगाडि प्रदर्शनमा आएको चलचित्र ‘ढुवानी’मा आइटम डान्स गरेकी अर्चना देलाल बंगाली फिल्ममा अनुबन्ध भएकी छिन्। तानविन रफिकले निर्देशन गर्ने फिल्मको लिड रोलमा उनलाई देख्न पाइने भएको हो। चलचित्रको नाम फाइनल भइसकेको छैन्।

बंगालदेशको एक चर्चित पत्रिका ढाका लाइभसँगको कुराकानीमा निर्देशक रफिकले नेपाली युवती अर्चनालाई अनुबन्ध गरेको पुष्टि गरेका हुन्। ‘मैले सुने अनुसार अर्चना निकै क्षमतावान छिन्। म उनलाई भेट्न छिट्टै नेपाल जाँदैछु,’ रफिकले भनेका छन्। उनका अनुसार फिल्मको हिरो भने फाइनल भइसकेको छैन्। तर बंगालदेशसहितका अन्य देशका कलाकारलाई पनि फिल्म खेलाउने प्रयास भइरहेको उनले बताए।

चलचित्रलाई बंगलादेश क्लाउड ९ र नेप्लिज स्टारडम इन्टरटेन्मेन्ट फिल्मस्ले मिलेर निर्माण गर्न लागेका हुन्। थ्रिलर विधाको उक्त फिल्मको ९० प्रतिशत छायाँकन नेपालमा र बाँकी बंगलादेशमा गर्ने योजना बनाएको बताइएको छ।
Archana-Dellala अर्चनाले बंगालदेशी फिल्ममा काम गर्न पाउँदा निकै खुशी मिलेको प्रतिक्रिया दिइन्। फिल्मको एक निर्माता नेपाली नै भएकोले उनकैमार्फत अनुबन्ध भएको उनको भनाई छ। ‘मेरो लुक्स फिल्म पात्रको लागि फिट हुने भएकोले मौका पाएकी हुँ। सकेसम्म राम्रो काम गरेर बंगाली फिल्ममा आफ्नो भविष्य बनाउने प्रयास गर्नेछु,’ उनले ग्ल्यामर नेपालसँग भनिन्। उनका अनुसार अर्को साता काठमाडौंमा ग्रान्ड प्रेस मिट गरेर फिल्मको बारेमा थप जानकारी दिइनेछ। जहाँ निर्देशक रफिकसहित अन्य क्रिय सहभागि हुनेछन्।

अर्चनाले ‘फ्रेन्ड्स’ नामक नेपाली सिनेमामा पनि लिड रोलमै अभिनय गर्दैछिन्। यो फिल्मको सुटिङ फ्रेबअरीबाट सुरु हुँदैछ।

SUBSCRIBE 👉