टलकजंग भर्सेस् टुल्केः ट्रेलर सार्बजनिक


talakjung-vs-tulke-posterग्ल्यामर नेपाल, काठमाडौँ
चर्चित चलचित्र ‘लुट’का निर्देशक निश्चल बस्नेत निर्देशित दोस्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’को ट्रेलर सार्वजनिक भएको छ। शुक्रवार राजधानी स्थित “क्यू सिनेमाज ” हलमा कार्यक्रम विच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। (ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्)

‘टकलजंग भर्सेस टुल्के’ – एक नेपाली सोझो गाउँले युवाले आफ्नो गुमेको पहिचाहन खोज्न गरेको संघर्ष कथा र उसले समाजलाई हेर्ने दृष्टिकोणलाई हाँस्य-रसमा देखाउन खोजिएको चलचित्र हो। थारु युवतीको भूमिकामा रहेकी नायिका ऋचा शर्माले चलचित्रमा गरिएको बोलीचाली तथा ब्यबहारका लागि आफूले निक्कै मेहनत गर्नुपरेको बताइन्।

चलचित्रको “नाँच न मैयाँ नाँच” भन्ने आइटम गीत (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्) यसअघि नै रिलिज भइसकेको छ। मेनुका प्रधानको गरमा गरम नृत्य रहेको सो भिडियो गीतले दर्शकहरुको प्रशंसा बटुल्न सफल भएको छ।

चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, ऋचा शर्मा, शुशांक मैनाली, रबिन्द्र सिंह बानियाँ, प्रकाश घिमीरे, रजनी गुरुङ, बुद्धि तामाङ, राज थापा, जुनु विष्ट लगायतका कलाकारले अभिनय गरेका छन्।

षट्कोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त व्यानरमा चलचित्रका निर्माताहरू रामकुमार बानियाँ, रोजिना सिटौला र सिता श्रेष्ठ हुन्। चलचित्र कार्तिक १४ गते देखि अल नेपाल रिलिज हुँदैछ।

टलकजंग भर्सेस् टुल्के ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉